१७ औं लेखनाथ महोत्सव माघ १३ देखि २४ सम्म


लेखनाथ,४ पुस
१७ औं लेखनाथ महोत्सव आगामी माघ १३ देखि २४ गते सम्म हुने भएको छ । विगतका वर्षहरुमा जस्तै यस पटकको महोत्सवमा पनि उद्योग, व्यवसाय तथा स्थानीय उत्पादनको प्रवर्द्धन गर्ने उदेश्यले माघ १३ देखि २४ गतेसम्म १७ औं संस्करणको लेखनाथ महोत्सव गर्न लागिएको आईतवार पत्रकार सम्मेलन मार्फत जानकारी गराईएको हो ।

लेखनाथ उद्योग वाणिज्य संघको आयोजनामा पोखरा २७ को तालचोक स्थित डाँडाकोनाकमा हुने महोत्सवमा तिन सयवटा स्टल रहने र महोत्सवमा स्थानीय उत्पादनलाई प्राथमिकता दिइने संघका अध्यक्ष छत्रधर आत्रेयले जानकारी दिएका छन् ।

संघका सदस्यलाई प्राथमिकतामा राख्दै १० प्रतिशत छुटमा महोत्सवका लागि स्टल बुकिङ खुल्ला गरिएको वरिष्ठ उपाध्यक्ष विनोद श्रेष्ठले जानकारी दिए । अन्य सर्वसाधारणका लागि पुस ११ गतेबाट स्टल बुकिङ खुल्ला रहने छन् ।

महोत्सवमा १ करोड ५ लाख आम्दानी हुने र ९० लाख रूपैयाँ खर्च भई १५ लाख रूपैयाँ बचत हुने अपेक्षा गरिएको प्रचार प्रसार उप समितिका संयोजक तथा संघका द्धितिय उपाध्यक्ष गोपिचन्द्र वास्तोलाले जानकारी दिएका छन् ।

कोभिड १९ का कारणले थला परेको अर्थतन्त्रलाई चलायमान बनाउदै लेखनाथ तथा गण्डकी प्रदेश क्षेत्रको आर्थिक गतिविधि बढाउन महोत्सव सहयोगी हुने आयोजकको विश्वास छ ।
महोत्सवलाई ब्यवस्थित रुपले संचालनका लागि आठ सदस्यीय निर्देशक समिति,३६ सदस्यीय सल्लाहकार समिति र ४९ सदस्यीय कार्यसम्पादन समिति गठन गरि तयारीलाई अगाडी वढाईएको छ ।

कार्यक्रममा नेपाली काग्रेसका सह महामन्त्री जिवन परियारले देश विकासका लागि सरकारले मात्र गरेर केही नहुने हुदाँ निजी क्षेत्रको सहयोगले मात्र अगाडी वढ्नु पर्ने आवस्यकता औल्याउदै लेखनाथमा गण्डकी प्रदेश स्तरिय औधोगीक क्षेत्र स्थापनाका लागी आफुले सक्दो सहयोग गर्ने उहाँको भनाई रहेको थियो ।

सोही अवसरमा ईलाका प्रशासन कार्यालय लेखनाथका प्रमुख गुरुदत्त ढकालले कोभिडका कारण थला परेको अर्थतन्त्रलाई चलायमान वनाउन महोत्सव सहयोग शिद्ध हुने भएकाले स्वास्थ्यका सम्पुर्ण विधीहरु अपनाएर महोत्सव संचालन गर्नु पर्ने सुझाव राखेका थिए ।
संघका अध्यक्ष छत्रधर आत्रेको अध्यक्षतामा भएको कार्यक्रममा धन्यवाद ज्ञापन वरिष्ठ उपाध्यक्ष विनोद श्रेष्ठ र कार्यक्रम संचालन महासचिव उपेन्द्रराज सुवेदी (राजु)ले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
LIVE OFFLINE
track image
Loading...