प्रथम थकाली युवा राष्ट्रिय भेला, नेतृत्व तथा व्यक्तित्व विकास प्रशिक्षण् पोखरामा हुने

पोखरा, ३ पुस

प्रथम थकाली युवा युवा राष्ट्रिय भेला, नेतृत्व तथा व्यक्तित्व विकास प्रशिक्षण इपीएस कार्यक्रम पुस को ७ गतेदेखि ११ गतेसम्म पोखरामा आयोजना हुने भएको छ ।

थकाली युवा परिवार नेपालले आज पोखरामा पत्रकार सम्मेलन आयोजना गरेर १९ क्षेत्रका युवाहरुलाई पोखरामा बोलाएर राष्ट्रिय भेला, नेतृत्व तथा व्यक्तित्व विकाससम्बन्धी प्रशिक्षण् आयोजन गर्न लागेको जानकारी दिएको हो ।

परिवारका अध्यक्ष योगेन्द्र शेरचनले थकाली आदीवासीहरुको आफ्नै सामाजिक मान्यता रहेको बताउँदै आफ्नो भाषा, रीतिथिति, संस्कृतिको उचित संरक्षण्, संवर्धन र समृद्धिकरणका लागि रहँदै आएको बताए ।

अहिलेको अवस्थामा युवाहरु विदेश पलायन भईरहेको र थकाली युवाहरु पनि वाध्यताले विदेशीन परिरहेको अवस्थामा उनीहरुलाई आफ्नो भेषभुषा, भाषा, संस्कृति र परम्पराको जगेर्ना गर्नको लागि उत्प्रेरित गर्ने कार्यक्रमको उदेश्य रहेको शेरचनले बताए ।

हाामीले युवालाई आफ्नो पहिचानको बारेमा थाहा दिनुपर्छ, उनले भने आधुनिक समय छ तर हामीले हाम्रो चालचलन र रीतिथितिलाई भूल्न हुँदैन भनेर “धर्म, संस्कृति हाम्रो परम्परा, संरक्षण्, संवर्धन् युवाहरुको अविभारा” नाराकासाथ राष्ट्रिय भेलार प्रशिक्षण् गर्न लागेका हौं ।

पुसको ७ गतेबाट ११ गतेसम्म चल्ने कार्यक्रमको उद्घाटन सत्रको प्रभुख अतिथि लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचने भएका छन् ।

कर्यक्रमको प्रशिक्षकमा अष्ट्रेलियाका लागि नेपालका पूर्व राजदूत महेश दाहाल रहने भएका छन् । सोहि अवसरमा “थकाली युवा, अवसर, चूनौती र संभावना” विषयक छलफल पनि गरिने अध्इक्ष शेरचनले बताए ।

कार्यक्रमलाई सफल बनाउन प्रभु बैंकले मुख्य सहयोग गरेको छ । यस्तै मीन बहादुर शेरचन स्टोर सहायक सहयोगी रहेको छ । अन्य सहयोगिहरुमा जयन्द्र गौचन, हरिध्वज तुलाचन पोखरा, अर्जुनसिंह तुलाचन काठमाडौं, विश्व शेरचन काठमाडौं, शरद भट्टचन पोखरा, ओमविकास तथा देउ कुमारी गौचन स्कृति प्रतिष्ठान मुस्ताङ रहेका छन् ।

कार्यक्रम सम्पन्न गर्न अनुमानित खर्च १३ लाग्ने भएको छ । प्रशिक्षण अवधिभर देशका १९ क्षेत्रबाट आउने थकाली युवाहरुको लागि सबै व्यवस्थापनमा सो रकम खर्च हुने बताईएको छ । कार्यक्रममा संस्थाका कोषाध्यक्ष शंजिवमान तुलाचन, सल्लाहकार हरिध्वज तुलाचन सचिव विकल शेरचनलगायतले बोलेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
LIVE OFFLINE
track image
Loading...