मनाङ मस्र्याङ्दी क्लबलाई गण्डकी सरकारको १० लाख


पोखरा २ पुस

मनाङ मस्र्याङ्दी क्लबलाई गण्डकी प्रदेश सरकारले १० लाख रुपैयाँ सहयोग गरेको छ ।
शुक्रबार गण्डकी प्रदेश यूवा तथा खेलकुद मन्त्रालयमा आयोजित एक कार्यक्रममा यूवा तथा खेलकुद मन्त्री राजीव गुरुङको रोहवरमा प्रदेश खेलकुद परिषद्का सदस्य सचिव तेजबहादुर गुरुङ र क्लबको तर्फबाट अध्यक्ष मुखिया गुरुङले सम्झौता पत्रमा हस्ताक्षर गरे ।

लिग खेलकै इतिहासमा पहिलो पटक पोखरामा आयोजना हुने लागेको सहिद स्मारक लिग अन्तर्गत हुने फुटबल प्रतियोगितामा होम एण्ड अवेको अवधारणामा मनाङ मस्र्याङ्दीले पोखरा रंगशालालाई चयन गरे पछि प्रदेश सरकारले १० लाख सहयोग गरेको हो । क्लबले उक्त रकम टिमको व्यवस्थापन लगायत फुटबल विकासका लागि खर्च गरिने जनाएको छ ।

क्लबले प्रदेशको फुटबल विकासका लागि प्रदेश खेलकुद परिषद्संग मिलेर काम गर्ने सम्झौता–पत्रमा उल्लेख छ । यूवा तथा खेलकुद मन्त्री गुरुङले मनाङ जस्तो ए डिभिजन टिम संग मिलेर प्रदेशको फुटबल विकासका लागि काम गर्न पाउनु निकै सुुखद पक्ष रहेको बताए । मनाङले पोखरालाई होम ग्राउण्ड रोज्नु स्वागत योग्य रहेको जनाउँदै उनले प्रदेश सरकारले हाल १० लाख रकम व्यवस्थापनका लागि सहयोग गरेपनि भविष्यमा उत्कृष्ट फुटबल खेलाडी उत्पादन गर्ने मुख्य उद्देश्य रहेको बताए ।

प्रदेश खेलकुद परिषद्का सदस्य सचिव तेजबहादुर गुरुङले क्लब संगको सहकार्यले मूर्तरुप लिएको भन्दै फुटबल विकासका लागि गरिने सहकार्यहरु आगामी दिन अझै व्यवस्थित बनाउँदै लैजाने प्रतिवद्धता व्यक्त गरे । क्लबका अध्यक्ष मुखिया गुरुङले प्रदेश सरकार संग मिलेर फुटबल विकासका लागि अगाडी बढ्न पाउनु निकै सुखद पक्ष रहेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
LIVE OFFLINE
track image
Loading...