सहिद स्मारक ‘ए’ डिभिजन लिगः आमने सामने हुँदै मनाङ र पुलिस

के भन्छन् टिम प्रशिक्षक :कोच

नारायण क्षेत्री पोखरा २ पुस

इतिहासमा पहिलो पटक पोखरामा आयोजना हुन लागेको सहिद स्मारक ए डिभिजन लिग फुटबलमा शनिबार मनाङ मस्र्याङदी क्लब र नेपाल पुलिस क्लब भिड्दै छन् ।

पोखरा रंगशालालाई घरेलु मैदान बनाउने निणर्य गरेको मनाङले जारी लिगको पाँचौ चरण अन्तर्गत पुलिस संग प्रतिस्पर्धा गर्न लागेको हो । मनाङले सिजनको ३ खेल पोखरामा खेल्ने छ । पुस १७ मा सातौं चरण अन्तर्गत बिग्रेड ब्वाइज क्लब र आठौं चरण अन्तर्गत २४ गते च्यासल युथ क्लबसंग खेल्ने छ ।
दिउँसो २ बजेदेखि सुरु हुने खेलका लागि १ सय र ३ सयको टिकटदर कायम गरिएको छ । प्रत्येक खेलमा ५ हजार दर्शकको अपेक्षा गरिएको छ । त्यस्तै आयोजक, विपक्षी र अफिसियल सम्पूर्णको खर्च मनाङले नै व्यहोर्ने छ । सहारा क्लब पोखराले आयोजना गर्ने आहा–रारा गोल्डकप फुटबलमा यी दुइ टिमबिच निकै प्रतिस्पर्धा हुने गर्छ । दुवै टिमले पोखरेली दर्शकहरुको उत्तिकै साथ पाउँदै आएका छन् ।

शुक्रबार पोखरामा आयोजित प्रि म्याच प्रेस कन्फरेन्समा बोल्दै मनाङका प्रशिक्षक राजेन्द्र तामाङले पुलिस बलियो प्रतिद्धन्दी भएकाले कम आँक्न नमिल्ने बताए । पुलिस कसरी खेल्छ सोही अनुसार आफ्नो टिमले रणनीति बनाउने उनको भनाई छ । होम ग्राउण्डमा पोखरेली दर्शकको राम्रो साथ रहने उनको विश्वास थियो । लिगका १४ वटै क्लबले राम्रो खेलेको उनले बताए ।

त्यस्तै नेपाल पुलिस क्लबका कोच अनन्त थापाले पोखरा रंगशाला मनाङको होम ग्राउण्ड भएकाले पनि आफ्नो टिमले राम्रो खेलका लागि थप मेहनत गर्नुपर्ने बताए । उपत्यका बाहिर लिग खेलको सुरुवात गरेर मनाङले राम्रो कार्यको थालनी गरेको भन्दै उनले प्रशंसा समेत गरे । मनाङमा विदेशी खेलाडी समेत रहेकाले सशक्त टिमको सामु आफ्ना खेलाडीले पनि उत्तिकै मेहनतका साथ खेल्ने उनको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
LIVE OFFLINE
track image
Loading...