पोखरामा पामे चलचित्र महोत्सव हुने

२० देशका २ सय भन्दा बढी चलचित्रकर्मी, कलाकार, साहित्यकार, उद्यमी लगायतको सहभागिता हुने

पोखरा २, पुष

पर्यटकीय नगरी पोखरामा पामे अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (फिल्म फेस्टिभल) हुने भएको छ । नेपाल संकृतिक केन्द्रको आयोजनामा यही पुस १२ देखि १६ गतेसम्म पोखराको फेवाताल किनारमा उक्त महोत्सव हुने भएको विहिबार साँझ पोखरामा आयोजित पत्रका। सम्मेलनमा जानकारी गराइएको हो ।

उक्त महोत्सवमा नेपाल सहित अमेरिका, अस्ट्रेलिया, साउथ कोरिया, भारत लगायत २० राष्ट्रबाट चलचित्रकर्मी, कलाकार, साहित्यकार, उद्यमी व्यवसायी लगायतका २ सय जनाको सहभागिता रहने भएको महोत्सव संयोजक प्रवीण कार्कीले बताए । ५ दिने महोत्सवमा करिब एक लाख जनाले प्रत्यक्ष रुपमा अवलोकन गर्ने आफुहरुले अपेक्षा गरिएको उनले जनाए । महोत्सवमा चलचित्र सम्बन्धि छलफल, कार्यशाला, अन्तरकृया, चलचित्र बजारका सम्भावना लगायतका बिषयमा मन्थन हुने भएको संयोजक कार्कीले जनाए ।

पोखराको पर्यटन प्रबद्र्धन गरी नेपालको रंग क्षेत्रलाई समेत चलायमान बनाउने अभियानका साथ उक्त महोत्सवमा लामा तथा छोटा एवं बृत्तचित्र सहित ९४ वटा दृश्यचित्रको सहभागिता रहने भएको उनले जनाए । महोत्सवमा विभिन्न सांस्कृतिक पैस्तुती, थारुनाच, र्याम्प वार्क, भेषभुषा सो, गुरुङ नाच, खत्रिहरुको खुकुरी नाच, नेपाली मौलिक प्रस्तुती रहने भएको व्यबस्थापक रिगेन्द्र गिरीले जनाए । नेपाली चलचित्र विश्व बजारमा प्रबद्र्धन गर्न, संसारभर एक आपसमा सदभाव र कलाको आदन प्रदान गर्न उक्त महोत्सव कोषेढुंगा सावित हुने उनले विश्वास व्यक्त गरे ।

चित्रकला प्रर्दशनी, फोटो प्रर्दशनी, योगा तथा ध्यान कार्यक्रम, साइकल यात्रा, पुरस्कार तथा सम्मान कार्यक्रम समेत समेटिएको केन्द्रका सदिक्षा केसीले बताइन्। फिचर फिल्म, छोटो फिल्म, डकुमेन्ट फिल्म, फिल्म स्क्रिन, स्टुडेन्ट फिल्म, दर्शक छनौट लगायतमा अवार्ड वितरण गरिने भएको उनले जनाइन्।

फेस्टिभल अवधिभर स्वदेशी तथा विदेशी फिल्मकर्मीबाट एक्टिङ, इडिटिङ, छायांकन, प्रोड्क्सन डिजाइन, स्क्रन राइटिङ फिल्म प्रड्यिुसिङसम्बन्धी तालिम दिइने फेस्टिवलका सचिवालय नवराज सुवेदीले जनाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
LIVE OFFLINE
track image
Loading...