सहारा क्लवमा थापाको सभापतित्वमा १२ सदस्य सल्लाहकार परिषद चयन

पोखरा २, पुष

पोखराको सहारा क्लबले सल्लाहकार परिषद चयन गरेको छ । क्लवका निवर्तमान अध्यक्ष केशव बहादुर थापाको सभापतित्वमा १२ सदस्य सल्लाहकार परिषद चयन गरेको क्लवले जनाएको छ ।

सल्लाहकार परिषदको सदस्यहरुमा शम्भु कार्की ,गणेश बहादुर भट्टराई, मुछेत्र गुरुङ, तेजबहादुर गुरुङ , टीका बहादुर कार्की ,रबिन्द्र प्रसाद श्रेष्ठ ,सुनिल कुमार गुरुङ ,दिपेन्द्र श्रेष्ठ ,खड्ग बहादुर रानाभाट ,योगेन्द्र बहादुर के.सी. र तोरण बहादुर बानियाँ रहेका छन्।

क्लबका अध्यक्ष हरिराम गुरुङ (सुरज) को अध्यक्षतामा हालै बसेको बैठकले सल्लाहकार परिषद चयन गरेको महासचिव रामजी प्रसाद अधिकारीले बताए । हालै चयन भएका सल्लाहकार परिषदका सभापति तथा सदस्यहरुलाई सस्थापक अध्यक्ष बसन्त थकालीले परिचयपत्र वितरण गर्दै खादा लगाएर स्वागत गरेका थिए । कार्यक्रममा पुर्ब अध्यक्ष बिक्रम थकाली र वीरभद्र आचार्यले समेत सल्लाहकार परिषदको टोलीलाई स्वागत गर्दै सफल कार्यकालको सुभकामना व्यक्त गरे ।

सहारा क्लवद्धारा संचालन गरिएको सहारा एकेडेमीमा हाल २४ जना असाय तथा विपन्न बर्गका बालकहरु रहेका छन्। क्लवले हरेक बर्ष जसो आयोजना गर्दै आएको आहा रारा गोल्ड कप फुटवल प्रतियोगिता यस बर्ष आउदो माघ ६ देखि १५ गतेसम्म पोखरा रंगशालामा संचालन गर्ने तयारी सुरु गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
LIVE OFFLINE
track image
Loading...