फेरि शेयर बजार ओरालो लाग्यो, कारोबार रकममा सुधार

काठमाडौं, २९ मंसिर

मंगलबार १३७ अंकले उकालो लागेको शेयर बजार एकदिनपछि आज बुधबार राताम्मै भएको छ । साताको शेयर कारोबार हुने चौथो दिन नेप्से परिसूचक तथा सेन्सेटिभ इण्डेक्स दुवैतर्फ गिरावट हुँदा लगानीकर्ताको मनोवल घटाएको छ ।

मंगलबार लगानीकर्ताहरुको संयुक्त कार्यलदलले अर्थमन्त्री जनार्दन शर्मासंग भेटघाट गरेर शेयर बजारमा देखिएको समस्या समाधान गर्नका लागि अर्थमन्त्री सकारात्मक भएको भनिए पनि बजारको लय भने आज नकारात्मक भएको छ ।

यसदिन नेप्से परिसूचक ४.२३ अंकले घटेर २४१४.६२ विन्दुमा झरेको छ । नेप्से ०.१७ प्रतिशतले घट्दा सेन्सेटिभ इण्डेक्स ०.८९ अंकले घटेर ४५९.४१ विन्दुमा रहेको छ ।

कुल २२८ कम्पनीको शेयर कारोबार भएको छ । ९८ लाख ७९ हजार १०९ कित्ता शेयरको खरिदबिक्रीबाट ४ अर्ब ५८ करोड ८३ लाख ९० हजार ६७८ रुपैयाँ बराबरको कारोबार भएको छ ।

१३ उपसमूहमध्ये पाँच वटामा हरियो लागेको छ । उनीहरको शेयर बढेको छ । अन्य बाँकी रहेको ८ उपसमूहहरु राताम्मै भएका छन् । उनीहरुको शेयर घटेको छ ।

बैंकिङ ९.२८ अंकले घटेको छ । होटल तथा पर्यटनतर्फ ५३.२८ अंकले, अन्यतर्फ ११.०५ अंकले, माइक्रोाइनान्सतर्फ १७.७९ अंकले र जीवन बीमातर्फ ४३.९८ अंकले घटेको छ ।

यस्तै हरियो लागेको व्यापार उपसमूहतर्फ २९.२३ अंकको बृद्धि भएको छ । विकास बैंकतर्फ ४०.४७ अंकले, हाइड्रोपावरतर्फ ७.५७ अंकले, फाइनान्सतर्फ ४६.६२ अंकले, नीर्जिवन बीमातर्फ २७.०६ अंकले, म्युचुअल फण्डतर्फ ०.०१ अंक र लगानी उपसमूहतर्फ ०.४६ अंकले बढेको छ ।

कारोबारको आधारमा सबैभन्दा बढी महालक्ष्मी विकास बैंकको कारोबार भएको छ । बैंकको १६ करोड ५८ लाख ६२ हजार ८३ रुपैयाँ ४० पैसा बराबरको कारोबार भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
LIVE OFFLINE
track image
Loading...