इतिहासमा पहिलो पटक पोखरामा ए डिभिजन लिग

पहिलो खेलमा मनाङ र पुलिस भिड्दै

नारायण क्षेत्री पोखरा २९ मंसिर

काठमाडौंमा मात्रै सिमित हुँदै आएको कतार एयरवेज शहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिता पहिलो पटक पोखरामा आयोजना हुँदैछ । लिगको इतिहासमा पहिलो पटक उपत्यका बाहिर हुन लागेको प्रतियोगितामा पुस ३ गते पोखरा रंगशालामा मनाङ मस्र्याङदी क्लबले नेपाल पुलिस क्लब संग खेल्ने छ ।

बुधबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अखिल नेपाल फुटबल संघ (एन्फा) का निर्देशक सञ्जिब मिश्रले नयाँ प्रयोगका रुपमा लिगलाई काठमाडौं बाहिर ल्याएको बताए । मेची देखि महाकाली सम्म रहेका उपयुक्त रंगशालामा लिगलाई लैजान सके दर्शकहरुले पनि अपनत्व ग्रहण गर्ने उनको भनाई छ ।

विगतको तृुलनामा यसपटक काठमाडौंको लिगमा दर्शक सहभागिता उल्लेख्य रहेको बताउदै पोखरापनि खेलकुदको हव भएकाले दर्शकको उपस्थिति उल्लेख्य रहनेमा उनले विश्वास व्यक्त गरे।
एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङले लिग पोखरामा आउनु पोखरेली खेलप्रेमीहरुका लागि सुखद पक्ष रहेको बताए ।

मनाङले पाँचौ चरणको खेल अन्तर्गत शनिबार नेपाल पुलिस क्लब संग पहिलो खेल खेल्दैछ । त्यस्तै सातौ चरणमा बिग्रेड ब्वाइज क्लबसंग पुस १७ र आठौं चरण अन्तर्गत पुस २४ गते च्यासल युथ क्लबसंग प्रतिस्पर्धा गर्नेछ । ४ खेलमा १० अंक जोडदै मनाङ खेल तालिकाको दोस्रो स्थानमा रहेको छ ।

यसैबीच, मनाङ मस्र्याङ्दी क्लब र नेपाल पुलिस क्लब शनिबार हुने लिगका लागि बुधबार नै पोखरा आइसकेका छन् । लिगका लागि १ सय र ३ सयको टिकटदर निर्धारण गरिएको छ । खेल पोखरा रंगशालमा दिउँसो २ बजेदेखी सुरु हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
LIVE OFFLINE
track image
Loading...