६.०१ प्रतिशतले शेयर बजार उकालो लागेपछि आजको कारोबार बन्द

काठमाडौं, २८ मंसिर

नेप्से परिसूचक लगातार ओरालो लाग्दा लगानीकर्ताको उत्साह घटाईरहेको शेयर बजारको परिदृश्यले आज अचम्मै बनायो । शेयर बजार निर्धारीत समय अगावै बन्द भयो ।

साताको शेयर कारोबार हुने तेश्रो दिन मंगलबार शेयर बजारको कारोबार साढे १ बज्नै लाग्दा बन्द हुन पुग्यो । कारण थियो नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचक ६.०१ प्रतिशतले बढ्यो भने यो २४१८.८४ विन्दुमा उक्लियो ।

दिउँसो १ बजेर २६ मिनेटमा शेयर बजार बन्द भएको हो । यसदिन दिनको १२ बजेर ३८ मिनेटमा नेप्से ५.०१ प्रतिशतले बढ्दा सर्किट ब्रेक लागेको थियो ।

नेपाल स्टक एक्सचेन्ज नेप्सेका अनुसार नेप्से परिसूचक १३७.१८ अंकले बढेर २४१८.८४ विन्दुमा उक्लिएको छ । नेप्से ६.०१ प्रतिशतले बढेको छ भने सेन्सेटिभ इण्डेक्स २२.७२ अंकले बढेर ४६०.३० विन्दुमा पुगेको छ ।

यसदिन कुल २२० कम्पनीको शेयर कारोबार भएको छ । ४ लाख ८५ हजार ९५६ कित्ता शेयरको खरिदबिक्रीबाट १ अर्ब ८४ करोड २६ लाख ४७ हजार १४४ रुपैयाँ बराबरको कारोबार भएको छ ।

१३ वटै उपसमूहमा हरियाली छाएको छ । बैंकिङतर्फ ६८.५ अंकले बढेको छ । व्यापारतर्फ १८०.२८ अंकले, होटल तथा पर्यटन उपसमूहतर्फ १७३.२६ अंको बृद्धि भएको छ ।

यस्तै विकास बैंक उपसमूहतर्फ ३५८.६८ अंकको बृद्धि भएको छ । हाइड्रोपावरतर्फ १९८.५५ अंक, फाइनान्सतर्फ १६७.७१ अंक, नीर्जिवन बीमातर्फ ६४५.१८ अंकले बृद्धि हुँदा उत्पादनतर्फ ३०४.७४ अंकको बृद्धि भएको छ । अन्य उपसमूहतर्फ १२८.४२ अंकको बृद्धि, माइक्रोफाइनान्सतर्फ २८५.५७ अंक, जीवन बीमातर्फ ६६१.६९ अंकले, म्युचुअल फण्डतर्फ ०.२४ अंक र लगानी उपसमूहतर्फ ५.५६ अंकको बृद्धि भएको छ ।

कारोबारको आधारमा यसदिन सबैभन्दा बढी नबिल बैंकको कारोबार भएको छ । बैंकको ९ करोड ८ लाख ३ हजार ६९५ रुपैयाँ ९० पैसा बराबरको कारोबार भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
LIVE OFFLINE
track image
Loading...