दोस्रो पावर हाउस कप पुष तेस्रो साता देखि

नारायण क्षेत्री पोखरा २७ मंसिर

आगामी पुष २० गते देखि २४ सम्म पोखरामा दोस्रो पावर हाउस कप सेभेन ए साइड फुटबल प्रतियोगिता हुने भएको छ ।

पोखरा–१७ विरौटा स्थित रामेश्वर युवा क्लबको आयोजनामा पावरहाउस खेल मैदानमा हुने प्रतियोगिताका लागि टिम दर्ताको कार्य भइरहेको क्लबका अध्यक्ष गणेश ढुंगानाले बताए । टिम दर्ताका लागि ४ हजार शुल्क लाग्ने छ ।

प्रतियोगिताको विजेताले टिमले ५० हजार, दोस्रो हुनेले नगद ३० हजार प्राप्त गर्नेछ । त्यस्तै उत्कृष्ट खेलाडीलाई ३ हजार, उत्कृष्ट गोलकिपरलाई २ हजार र उत्कृष्ट गेलकर्तालाई २ हजार प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रतियोगिताको पहिलो उपाधि पावरहाउस युवा क्लबले जितेको थियो । पहिलो संस्करणमा पन्ध्र टिमले सहभागिता जनाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
LIVE OFFLINE
track image
Loading...