भोलिदेखि एमआरपी पासपोर्ट वितरण बन्द हुने, ई–पासपोर्ट वितरणको तयारी


काठमाण्डौ मंसिर २७

काठमाण्डौ उपत्यकाका तीन वटै जिल्लाबाट विद्युतीय राहदानी अर्थात ई–पासपोर्ट वितरण सुरु भएको छ ।काठमाण्डौ उपत्यका बाहिरका जिल्लाबाट पनि छिटै वितरण सुरु हुने राहदानी विभागले जनाएको छ । विभागका महानिर्देशक डोरनाथ अर्यालले पूर्व–पश्चिम राजमार्गसँग जोडिएका जिल्लाबाट केही दिनभित्रै ई–पासपोर्ट वितरण सुरु हुने जानकारी दिनुभयो । त्यसपछि क्रमशः सबै जिल्लाबाट ई–पासपोर्ट वितरण सुरु हुने उहाँको भनाइ छ ।

विभागले मंसिर १ गतेदेखि काठमाण्डौबाट ई–पासपोर्ट वितरण सुरु गरेको हो । अहिलेसम्म मेसिन रिडेबल पासपोर्ट अर्थात एमआरपी र ई–पासपोर्ट दुवै वितरण हुँदै आएकोमा भोलिदेखि एमआरपी वितरण बन्द हुने भएको छ

जिल्ला प्रशासन कार्यालयहरुबाट तत्कालै राष्ट्रिय परिचयपत्र नपाए पनि जिल्ला प्रशासन कार्यालयमा आवेदन भरेपछि पाइने परिचयपत्र नम्बर पासपोर्टमा अनिवार्य गरिएको छ । हातले लेख्ने पासपोर्ट हुँदै मेसिनले पढ्ने र अहिले ई–पासपोर्ट आएको हो ।चिप्स र विद्युतीय बारकोडसहितको ई–पासपोर्टलाई सुरक्षित र भरपर्दो मानिन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
LIVE OFFLINE
track image
Loading...