सञ्चार उद्यमी पालिखेद्धारा कांग्रेसको केन्द्रीय सदस्यमा उमेद्वारी


पोखरा २६ मंसिर

नेपाली कांग्रेसको १४ औं महाअधिवेशनका लागि सञ्चार उद्यमी सुनयना पालिखेले केन्द्रीय सदस्य पदमा उमेद्वारी दिएकी छन् ।

कास्की क्षेत्र नम्बर २ बाट महाधिवेशन प्रतिनिधि बनेकी पालिखे पोखराको पुरानो कांग्रेस परिवारकी सदस्य हुन् । उनी स्वतन्त्रताका सेनानी स्व. दयाशंकर पालिखेकी बुहारी हुन् । २०३८ सालदेखि विद्यार्थी संघबाट राजनीतिक यात्र शुरु गरेकी पाखिलेले २०५६ सालदेखि नेपाली कांग्रेस कास्कीको क्रियाशिल सदस्यता लिएकी थिइन् ।

उनि १२ औं अधिवेशनबाट नेपाल महिला संघ पोखरा महानगर ९ नं. को सभापतिमा निर्वाचित भएकी थिइन् भने १३ औं महाधिवेशनमा नेपाली कांग्रेस कास्की जिल्ला समितिमा आमन्त्रित सदस्यका निर्वाचित भएकी थिइन् ।

जनजाति महिला क्लस्टरमा केन्द्रीय सदस्यमा उमेद्वारी दिएकी पालिखे देउवा प्यानलमा परेकी छन् । महाधिवेशनमा शेरबहादुर देउवा र शेखर कोइरालाले प्यानल बनाएर चुनाबी मैदानमा उत्रिएका छन् । त्यस्तै उनि गणेशमान सिंह फाउण्डेशन कास्कीको कोषाध्यक्ष र वि.पी. प्रतिष्ठानको सदस्य हुन्।
पोखरा लेडी जेसिस २००८ को अध्यक्ष र नेपाल जेसिस २००९ को राष्ट्रिय उपाध्यक्ष जस्ता महत्वपूर्ण पदमा रहेर काम गरेको अनुभव पालिखेसंग छ । उनि रेडियो अन्नपूर्णकी प्रवन्ध निर्देशक समेत हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
LIVE OFFLINE
track image
Loading...