पोखरामा २३ औं ‘सडक महोत्सव’ पुस १५ देखि १७ सम्म


सबिन रेग्मी पोखरा मंसिर २५

अंग्रेजी नयाँ वर्षको अवसरमा पोखरामा ‘सडक महोत्सव’ हुने भएको छ । आगामी पुस १५ देखि १७ गतेसम्म रेष्टुरेण्ट एण्ड वार एसोसिएसनको आयोजनामा पोखरा लेकसाइडमा २३ औँ सडक महोत्सव हुने भएको हो ।
पोखरा सुरक्षित रहेको सकरात्मक सूचना प्रवाह गरी पर्यटन प्रवद्र्धन गर्नका लागि अंग्रेजी नयाँ बर्षको अवसरमा सडक महोत्सवको आयोजना गरिएको (रेवान)ले शनिबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएको हो ।
पोखराको ब्राण्डका रुपमा स्थापित भएको ‘पोखरा सडक महोत्सव’लाई यसबर्ष पनि निरन्तरता दिएको रेवानका अध्यक्ष लक्ष्मण बरालले बताए ।

सडकमै खाउ, सडकमै रमाउ’ भन्ने उद्देश्यका साथ आयोजित महोत्सवमा विभिन्न साँस्कृतिक कार्यक्रम, मौलिक भेषभुषा समेत प्रर्दशन गरिने अध्यक्ष बरालले बताए । उनका अनुसार महोत्सवमा राष्ट्रिय तथा अन्र्तराष्ट्रिय खानाको प्रदर्शन, दोहोरी प्रतियोगिता, झाँकी प्रदर्शन, रात्रिकालिन कन्सर्ट, डुङगा दौड, ह्वीलचियर दौड, वेटर रेस, टग अफ वार जस्ता प्रतियोगिता समावेश गरिएको छ ।

पोखरा सडक महोत्सव सम्पन्न गर्न सस्ंथाका प्रथम उपाध्यक्ष नरेश भट्टराईको सयंोजकत्व, सचिव भिष्म राज पौडल र सह कोषाध्यक्ष रोशन जंग कार्की सह–संयंोजक रहने गरि विभिन्न उपसमितिहरु गठन गरिएको छ ।

सडक महोत्सव पछि नेपालमा विदेशी पर्यटकको आगमन बढ्ने अपेक्षा ब्यवसायीको छ । प्रत्येक बर्ष आयोजना हुने महोत्सवले पोखराको पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउदै आएको आयोजकको दावी छ ।महोत्सवमास्वास्थ्य मपदण्डलाई विशेष ध्यानमा राखिने आयोजकले जनाएको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
LIVE OFFLINE
track image
Loading...