कास्कीमा निषेधाज्ञा हट्यो सक्रमण दर बढदै गएमा जुन सुकै समयमा पनि थप आदेश हुने


पोखरा, ३० भदौ
कास्कीमा जारी निषेधाज्ञा असोज १ देखि हट्ने भएको छ । जिल्ला प्रशासन कार्यालय कास्कीले बुधबार एक आदेश जारी गर्दै वैशाख १५ देखिको निषेधाज्ञा हटाएको हो ।
तर सक्रमण दर बढदै गएमा जुन सुकै समयमा पनि थप आदेश जारी हुने जिल्ला प्रशासन कार्यालय कास्कीले जारी गरेको बिज्ञप्तीमा उल्लेख रहेको छ ।

पछिल्ला दिनहरुमा संक्रमण दर , मृत्युदर समेत घटदो रुपमा देखिएकाले संक्रमणको दर अबस्था पनि नियत्रणको अबस्थामा रहेको तथ्याङ र भदौ २९ गते बसेको कोभिड १९ ब्यबस्थापन समिति डिसिएम सि को निर्णय समेतको आधारमा संक्रामक रोग ऐन २०२० को दफा ४ बमोजिम असोज १ गते बाट निषेधाज्ञा हटेको जारी सुचना मार्फत उल्लेख गरेको छ ।

होटल तथा रेष्टुरेन्टहरु पूर्ण रुपमा स्वास्थ्य मापदण्ड अपनाइ बेलुका साढे ११ बजेसम्म सञ्चालन गर्न सकिने छ ।नाँचघर, क्लब, डान्सबार, दोहोरी जस्ता रात्रिकालीन व्यवसायहरु तोकिएका स्वास्थ्य तथा सुरक्षा मापदण्ड पालना गरी राति १ .३० बजेसम्म सञ्चालन गर्न सकिनेछ।संक्रमणको जोखिम पूर्णत हटि नसेकेको हुँदा स्वास्थय सुरक्षा मापदण्डको पालना र आदेको पालना गर्न समेत सबै कास्की जिल्लबासी नागरिकहरुमा अनुरोध गरेको ।
जारी बिज्ञप्ती

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
LIVE OFFLINE
track image
Loading...