स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम

पोखरा, ३० भदौ

सामाजिक सद्भाव, एकता तथा विकृति विसंगति विरुद्ध क्रियाशील पोखरा पिस क्लबले आज भदौ ३० गते क्लबको १६ औं स्थापना दिवसको अवसर पारेर रक्तदान कार्यक्रम सम्पन्न गरेको छ।कोविड–१९ को महामारीका कारण भिडभाड तथा जमघट कम गरि सिमित समय र उपस्थितिमा संचालित कार्यक्रममा २२ प्रिन्ट रगत संकलन भएको छ ।

कार्यक्रममा प्रमुख अतिथि पोखरा महानगरपालिका–७ का वडाध्यक्ष रामचन्द्र बरालले रक्तदान जस्तो पुण्य काम तथा सामाजिक क्रियाकलापमा क्लब निरन्तर लागिरहेको आफूले पाएको बताउनु भयो । साथै यही हौसला र उर्जा कायम राख्दै धेरै भन्दा धेरै युवा समुदायलाई समेट्दै सामाजिक र परिणाममुखी काममा लाग्न आग्रह सहित क्लबको उन्नति तथा प्रगतिका लागि शुभकामना ब्यक्त गर्नुभएको थियो ।

विशेष अतिथि नेपाल रेडक्रस सोसाइटी कास्की जिल्ला शाखाका उपसभापति डण्डराज पौडेलले क्लब लाई शुभकामना ब्यक्त गर्दै रक्तदानको आवश्यकता, महत्व, लगायतका विषयमा प्रकाश पार्दै रक्तदाता लाई उत्प्रेरित गराउने बारेमा बिचार राख्नुभएको थियोे । उहाँले पोखरा पिस क्लब र नेपाल रेडक्रस सोसाइटी पोखरा–७ उपशाखाले रक्तसञ्चार केन्द्रमा रगतको चरम अभाव भएको बखतमा तुरुन्तै रक्तदान कार्यक्रम राखी रगतको अभाव हटाउन महत्वपूर्ण भुमिका खेल्ने संस्थाको रुपमा आफूलाइ परिचित बनाउन सफल भएको पनि स्मरण गराउनुभएको थियो ।

प्रमुख अतिथि बाट पहिलो रक्तदाता सविना थापा लाई ब्लड ब्याग हस्तान्तरण गरि उद्घाटन गरिएको कार्यक्रममा क्लबका संस्थापक,पूर्व कार्यसमितिका सदस्य, आजीवन सदस्य तथा शुभचिन्तकहरुले स्वतस्फूर्त रक्तदान गरेका थिए।पोखरा शान्तिनगर बैंक्यूटमा भएको उक्त कार्यक्रम क्लबका अध्यक्ष सुजन बरालको सभापतित्वमा क्लबका सचिव प्रताप आचार्यले सञ्चालन गरेका थिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
LIVE OFFLINE
track image
Loading...