फर्कियो शेयर बजार लयमा, नेप्से परिसूचकसंगै कारोबार रकममा पनि बृद्धि

काठमाडौं, २० मंसिर

साताको शेयर कारोबार हुने दोश्रो दिन सोमबार शेयर बजारमा हरियाली छाएको छ ।राष्ट्र बैंकले शेयर कर्जामा गरेको ४÷१२ को व्यवस्थापछि लगानीकर्ताहरुको उत्साह घट्दै आएको थियो । उनीहरुले आन्दोलन र धर्नासम्मका कार्यक्रम पनि गरेका थिए । त्यसपछि बैंक वित्तीय संस्थाँमा बढेको व्याजदर र पछिल्लो समय मौद्रिीक नीतिको पहिलो त्रैमासिक समिक्षापछि शेयर बजार ओरालो लाग्दै आएको थियो ।

नेपाल स्टक एक्सचेन्ज नेप्सेका अनुसार नेप्से परिसूचक ३२.२२ अंकले बढेर २५४६.०८ विन्दुमा उक्लेको छ । नेप्से १.२८ प्रतिशतले बढेको छ । सेन्सेटिभ इण्डेक्स भने ७.६३ अंकले बढेर ४८०.९७ विन्दुमा पुगेको छ ।कुल २२७ कम्पनीको शेयर कारोबार भएको छ । ९४ लाख ७१ हजार ३११ कित्ता शेयरको खरिदविक्रीबाट ४ अर्ब ५४ करोड २३ लाख ४५ हजार २७१ रुपैयाँ कारोबार भएको छ ।

१३ वटै उपसमूहहरुमा हरियाली छाएको छ । उनीहरु सबैको शेयर बढेको छ । बैंकिङ उपसमूहको ०.७६, प्रतिशत, व्यापारतर्फ ०.१५, होटल तथा पर्यटनतर्फ १.३९ प्रतिशत र विकास बैंकतर्फ ३.४५ प्रतिशतले बृद्धि भएको छ ।

यस्तै हाइड्रोपावार २.८८ प्रतिशत, फाइनान्सतर्फ २.५४ प्रतिशत, नीर्जिवन बीमातर्फ ०.२३ प्रतिशत, उत्पादनतर्फ १.०६ प्रतिशत, अन्यतर्फ १.६१ प्रतिशतले बृद्धि भएको छ ।यस्तै माइक्रोफाइनान्सतर्फ १.३५ प्रतिशतले बृद्धि भएको छ । जीवन बीमातर्फ ०.९२ प्रतिशत, म्युचुअल फण्डतर्फ ०.१ प्रतिशत र लगानी उपसमूहतर्फ ०.८६ प्रतिशतको बृद्धि देखिएको छ ।

कारोबारको आधारमा नबिल बैंक सबैभन्दा अगाडी देखिएको छ । बैंकको १७ करोड १५ लाख ९३ हजार १२८ रुपैयाँ बराबरको कारोबार भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
LIVE OFFLINE
track image
Loading...