दर्शकको मन पुनः चोर्दै नाटक चरणदास चोर


सबिन रेग्मी पोखरा २१ मंसिर

नाटक चरणदास चोर पुनः मञ्चन हुृने भएको छ । कोरोनाका कारण लामो समय सम्म थलिएको पोखरेली रंगमंचको पुनर्जागरण अभियानमा लागेको रेनेसा थिएटरको प्रस्तुति नाटक चरणदास चोर मंसिर १ देखि १४ सम्म मञ्चन गरिएको थियो ।

नाटकलाई दर्शकहरुको आग्रह अनुसार पुनः २२ देखि २५ गते सम्म मञ्चन गर्न लागिएको निर्देशक निश्चल विमलले बताए।चर्चित भारतीय कलाकार÷निर्देशक हबिब तनवीरले नाटक लेखेका हुन । रंगकर्मी आशान्त शर्माले नेपालीमा रुपान्तरण गरेका हुन् ।

नाटकले देशको वर्तमान राजनैतिक अवस्था, शासकहरुको कार्यशैली, समाजमा हराउँदै गएको इमान्दारिता संगसंगै संस्कृतिलाई पनि निकै कलात्मक ढंगले प्रस्तुत गरेको छ । आकर्षक मञ्चले पनि दर्शकको उत्तिकै ध्यान खिच्न सफल भएको छ ।

२ घण्टा लामो नाटकमा कलाकारहरुको बेजोड अभिनयले दर्शकलाई समय बितेको पत्तै हुँदैन् । निश्चल विमलले निर्देशन गरेको नाटकको सह निर्देशन भने शरद भण्डरीले गरेका हुन् ।

नाटकमा शरद भण्डारी, ध्रुव पौडेल, रमेशबाबु तिमिल्सिना, सरोज तिवारी, रोशनी रामदास, सुमन तिमिल्सिना, उज्वलराज ढकाल, गौरव पौडेल, मनोज सुनार, एमडी काफ्ले, नौर क्षेत्री, सुशिल बराल, अदित भुजेल, विवेक मन, एलिसा विक र सुविना श्रेष्ठको अभिनय रहेको छ ।

रोम तामाङको गितार र मिलन गिरीको तबलाले नाटकमा झनै सुगन्ध थपकोे छ । गैह«ापाटन स्थित पोखरा थिएटरमा हरेक दिन बेलुका ५ बजे र शनिबार दिउँसो १ बजे अतिरिक्त सो हुने नाटकका निर्देशक निश्चल विमलले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
LIVE OFFLINE
track image
Loading...