प्रतिष्ठान नेपाल गण्डकी प्रदेश समितिको तेस्रो वार्षिक साधारण सभा सम्पन्न


राजाराम पौडेल १९ मंसिर, पोखरा
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल गण्डकी प्रदेश समिति पोखराको तेस्रो वार्षिक साधारण सभा पोखरामा शनिबार सम्पन्न भएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको प्रमुख आतिथ्यतामा कार्यक्रम गरिएको हो ।

कार्यक्रममा बोल्दै मुख्यमन्त्री पोखरेलले गण्डकी प्रदेशको पुँजी भनेको भाषा संस्कृती भएको बताउनुभयो । कला, साहित्य तथा सस्कृतीको क्षेत्रमा गण्डकी प्रदेश अब्बल रहेको भन्दै यहाँका कलाकारले राष्ट्रिय स्तरमा पहिचान बनाएको खुशी व्यक्त गर्नुभयो ।

लोक दोहोरी क्षेत्रको लागि मात्र छुट्टै कार्य गर्ने संस्था स्थापना नगरेपनि गण्डकी प्रदेश सरकारले स्थापना गरेको गण्डकी प्रदेश प्रतिष्ठानले कला, साहित्य, संस्कृती, संगीत सबै विधालाई समेटेर अगाडि बढ्ने बताउनुभयो ।

सोही कार्यक्रममा श्रष्टा सम्मान एवं पुरस्कार वितरण समेत गरियो । जसअनुसार नरबहादुर परियार स्मृति पुरस्कार २०७८ चर्चित कलाकार विष्णु खत्रीलाई प्रदान गरियो । तिर्थसागर स्मृति पत्रकारिता पुरस्कार २०७८ लमजुङका पत्रकार किसान संगीतले हात पार्नुभयो ।

यसैगरी सल्लाहकार संरक्षक तर्फ पोखराका खगेन्द्रराज पराजुली, आजिवन सदस्य तर्फ फेवा दोहोरीका अर्जुन श्रेष्ठ, प्रचार प्रसार तर्फ पदमराज घिमिरे उदासीलाई सम्मान गरियो । उत्कृष्ट जिल्ला अध्यक्षको पुरस्कार गोरखा जिल्ला अध्यक्ष मिना गुरुङले हात पार्नुभयो । कार्यसम्पादन तर्फ कास्की जिल्ला प्रथम भई पुरस्कार जित्यो ।

यसैगरी स्याङ्जा द्धितिय, तनहुँ तृतिय र बागलुङ सान्त्वना भयो । कार्यसमिति सदस्यमा महिला तर्फ ज्योती लोहनी गुरुङ र पुरुषतर्फ विमल जिसी उत्कृष्ट बन्नुभयो । उहाँहरु सबैलाई प्रमुख अतिथि पोखरेल, गण्डकी प्रदेश अध्यक्ष सुरेन्द्र गुरुङ, केन्द्रिय सचिव जीवन दाहाल लगायतले सम्मान तथा पुरस्कार वितरण गर्नुभएको थियो ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल गण्डकी प्रदेश समिति पोखराका अध्यक्ष सुरेन्द्र गुरुङ अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका सचिव जीवन दाहाल, केन्द्रिय सदस्य शंकर विरही गुरुङ, डाक्टर तुलसी प्रभास, तमुधी नेपालका अध्यक्ष होम तमु, पुरस्कृत तथा सम्मानित व्यक्तित्वको तर्फबाट लोक दोहोरी गायक विष्णु खत्री, जिल्ला समिति मध्येबाट राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान जिल्ला कार्यसमिति पर्वतका अध्यक्ष दीपक गदाल लगायतले लोक दोहोरी क्षेत्रका विभिन्न विषयवस्तुका बारेमा बोल्नुभएको थियो ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल गण्डकी प्रदेश समिति पोखराका सचिव राजन कार्कीले सञ्चालन गरेको कार्यक्रममा स्वागत वरिष्ठ उपाध्यक्ष पूर्ण परियार तथा सांगीतिक कोसेली प्रस्तुत सहसचिव रामजी पौडेलले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
LIVE OFFLINE
track image
Loading...