पोखरामा अन्नपूर्ण केवलकारको सफल परिक्षण नयाँ अग्रेंजी बर्ष देखि व्यवसायीक रुपमा संचालन हुने ६ सय मा फेवाताल किनाराबाट सराङकोटमा

पोखरा, १७ मंसिर

पोखरामा अन्नपूर्ण केवलकारको सफल परिक्षण भएको छ । अन्नपूर्ण केवलकार प्रा.लि.ले बुधबार सफल परिक्षण भएको अन्नपूर्ण केवलकारका निर्देशक एवं संचालक तिर्थराज त्रिपाठीले बताए ।

अब थप केही दिनसम्म केवलकार परिक्षण गर्दै नयाँ अग्रेंजी महिना जनवरी देखि अफ्ट ओपनीका साथ केवलकार संचालनमा ल्याउने तयारी गरिएको त्रिपाठीले बताए । उनले भने “हामीले पोखरामा पहिलो पटक एक राउण्ड फेवातालको कीनार सेतीबगर देखि सराङकोट डाँडासम्म १८ वटै गुण्डला(डिब्बाहरु) संचालन गरिसकेका छौं । ” बुधबार भएको परिक्षणको क्रममा स्थानिय, व्यवसायी तथा पत्रकारहरु माझ गरिएको परिक्षण सफल भएको निर्देशक त्रिपाठीले दाबी गरे ।

गुण्डलाहरु संचालन भए पछि तल्लो स्टेसनमा वेस लाइन सन्तुलन कायम गर्न हाल केही भाग सिमेन्टेड गरिएकोले अबको केही दिन पछि मात्र पुनः गुण्डला संचालनलाई निरन्तरता दिने भएको उनले जनाए ।

केवलकारमा जडान भएका डिब्बा(गुण्डला) र टावरहरुको फिटिङ सहितको परिक्षण गर्नको लागि जापानबाट ७ सदस्य एक प्राविधिक टोलीले हाल केवलकारको परिक्षण तथा अनुगमन गरेको छ । जापानीज निपुन केवलका टिम लिडर ओचीआईको नेतृत्वमा ७ सदस्य टोली विगत दुई साता देखि अन्नपूर्ण केवलकार संचालनको लागि हाल फिनिसिङको काम सहित परिक्षणमा जुटेको हो ।

निर्माण कम्पनीले म्याद थपेकोले र कोरोनाको कारणले गर्दा निर्धारित मिति भन्दा करिब ४ बर्ष ढिलो गरी हाल उक्त केवलकार संचालन भएको त्रिपाठीले जनाए । उनले भने “अब हामीले अग्रेंजी नयाँ बर्ष जनवरी देखि अनौपचारिक रुपमा सफट्ओपनीको रुपमा हामीले केवलकार संचालन गछौं । ” केबलकारमा यात्रा गर्दा हिमाल, ताल, हरियो वन जंगल तथा पोखराको मनोरम दृश्यावलोकन गर्न सकिने त्रिपाठीले बताए । फेवातालको किनार सेदीबगरबाट ८ देखि ९ मिनेटमै उक्त केवलकारबाट सराङकोट पुग्न सकिने निर्देशक त्रिपाठीले जनाए ।

अहिले फेवाताल क्षेत्रबाट सराङकोट जान गाडीबाट करिब ३० मिनेट लाग्छ । नेपालीहरुको लागि केवलकारमा जाने र आउने शुल्कः ६ सय रुपैया निर्धारण गरिएको कम्पनीले जनाएको छ । विदेशीहरुलाई १५ देखि २० प्रतिशतसम्म बढी शुल्क लिने र स्थानिय, बिद्यार्थीहरु लगायतका लागि बिषेश छुटको समेत व्यबस्था गनिरे भएको निर्देशक त्रिपाठीले जनाए ।

उक्त परियोजनाका प्राविधिक इन्चार्ज डिएन कायस्थले हाल उक्त केवलकार परिक्षणकै क्रममा रहेको उल्लेख गर्दै लोड परिक्षण गरी छिटै व्यवसायीक रुपमा संचालन ल्याउन सकिने दाबी गरे । अन्तराष्ट्रिय मापदण्ड अनुसार सवै प्रकारको चरण पार गरे पछि मात्र व्यवसायीक रुपमा संचालन गर्ने उनले जनाए । अत्याधुनिक प्रविधिमा आधारित इकुपमेन्टहरु जडान भएकोले पूर्ण सुरक्षित हुने प्राविधिक इन्चार्ज कायस्थले दाबी गरे ।

करिब डेढ बर्षमा निर्माण कार्य सकिने भनि उक्त केवलकारको शिलान्यास गरिए पनि पहिलाको डिजाइनमा स्टेशन सहितको भवन संरचना परिवर्तन हुनु, जग्गा खरिद गर्दा लगायतका कारणले उक्त परियोजनामा लगानी हाल करिब २ अर्ब पुग्ने भएको निर्देशक त्रिपाठीले बताए । २.४ किलोमिटर दुरीमा हाल १८ वटा टावर रहेकाछन भने एक सामान वोक्ने सहित १८ वटै गुण्डला (डिब्बा) रहेका छन्। प्रति डिब्बामा ८ जनाको सिट क्षेमता रहने छ । उक्त कम्पनीले हाल करिब २५ जनालाई रोजगार दिदै आएको छ भने व्यावसायीक रुपमा केवलकार संचालन भएसंगै ८० जनालाई प्रत्यक्ष रुपमा रोजगार दिने भएको छ ।

पोखराको फेवाताल किनारा र सराङकोटलाई जोड्ने गरी पोखरामा पर्यटनको नयाँ प्रोडक्टको रुपमा आफुहरुले विकसित गर्न खोजिएको त्रिपाठीले बताए । उक्त केवलकारमा करिब ३६ वटा भन्दा बढी डिब्बा क्षेमताको भएको उनले जनाए । केबलकारमा युवा व्यवसायि कालु गुरुङ सहितका नेपाली व्यवसायी ७५ प्रतिशत, पूर्व जापानी नागरिक टाकासी मियाहाराको १५ प्रतिशत र स्थानीय को १० प्रतिशत लगानी रहेको प्रालिले जनाएको छ ।

अन्नपूर्ण केबलकार प्रालिका अध्यक्ष कालु गुरुङ रहेका छन्। केबलकार निर्माणको जिम्मा चितवन कोई समूहले पाएको हो । नेपालमा सञ्चालनमा रहेका मनकामना र चन्द्रागिरी केबलकार जस्तै भएपनि यो केबलबार नयाँ प्रविधि प्रयोग भएको अध्यक्ष गुरुङले बताउदै आएका छन्। माथिल्लो स्टेशन भवन सहित स्काई हेवन वेलुन रेष्टुरेन्ट, भ्यु टावर निमार्ण भएको छ भने तल्लो स्टेशनमा पार्किङ, गार्डेन सहितको संरचना निमार्ण भएको छ ।

स्टेशन निर्माण गर्ने बिषयमा पहिला स्टिल फेब्रिकेशन मोडल निमार्ण गर्ने लक्ष्य राखे पनि पछि आएर आरसिसि (कंक्रिट) मोडलमा निमार्ण गरेकोले लागत बढ्न गएको त्रिपाठीले बताए । उक्त केवलकारमा करिब २ अर्ब लगानी भएको कम्पनीको दाबी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
LIVE OFFLINE
track image
Loading...