तेह्रथुम पावर कम्पनीको आइपीओ बाँडफाँड शुक्रबार

काठमाडौं, २४ भदौ
पर्याप्त लगानीका अन्य अवसरहरु नभईरहेको कोरोना कहर परिरहेको यो अवधिमा बैंक, वित्तीय संस्था परियोजनाहरुले विभिन्न स्वरुपका शेयरहरु निष्काशन तथा बिक्रीमा ल्याएर शेयर बजारलाई चलायमान बनाउन योगदान दिईरहेका छन् ।

शेयर बजारमा नयाँ लगानीकर्ताहरुको आगमन पनि भईरहेको छ भने पूराना खेलाडीहरुको निरन्तरता रहेको छ । विभिन्न चरणका घटनाक्रमहरुले प्रभावित भईरहेको शेयर बजारको लय सकारात्मक हुने अपेक्षा रहिनै रहेको छ ।

यसैबीच, बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलले तेह्रथुम पावर कम्पनीको सर्वसाधारणका लागि निष्काशन गरेको साधारण शेयर (आइपीओ) भदौ २५ गते शुक्रबार बाँडफाँड गरिने भएको छ।

कम्पनीले भदौ ९ गतेदेखि १३ गतेसम्म सर्वसाधारणका लागि ८ लाख कित्ता शेयर निष्काशन गरेको थियो । त्यसमध्ये ४० हजार कित्ता म्युचुअल फण्ड र १६ हजार कित्ता शेयर कर्मचारीका लागि रहेको छ । बाँकी रहेको ७ लाख ४४ हजार कित्ता सर्वसाधारणका लागि रहेको छ ।

आइपीओमा आवेदन दिने अन्तिम दिन भदौ १३ गतेसम्म माग गरिएभन्दा ४२ गुणा बढीको आवेदन परेको थियो । २३ लाख ९६ हजार ३४८ आवेदकले ३ करोड १२ लाख ४६ हजार ९१० कित्ता शेयरका लागि आवेदन दिएका थिए । आइपीओमा मागभन्दा बढीको आवेदन परेपछि गोलाप्रथाबाट बाँडफाँड गरिने भएको छ । ७४ हजार ४०० जना आवेदकले कम्तिमा १० कित्ताको दरले शेयर हात पार्नेछन् । बाँकी २३ लाख २१ हजार ९४८ जनाको हात खालि हुने भएको छ ।

कम्पनीले तेह्रथुममा १ अर्ब चौतिस करोड १७ लाख रुपैयाँको लागतमा ७.५ मेगावाटको अपर खोरुङ हाइड्रोपावर परियोजना निर्माण गरिरहेको छ । शेयर निष्काशन तथा बिक्रीपछि कम्पनीको चुक्ता पुँजी ४० करोड पुग्ने भएको छ ।शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआइबिएल एस क्यापिटल रहेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
LIVE OFFLINE
track image
Loading...