लगातार नेप्सेमा गिरावट, कहिले उकालो लाग्ला पर्खिदैं लगानीकर्ता

काठमाडौं, १३ मंसिर

साताको शेयर कारोबार हुने दोश्रो दिन आज सोमबार पनि लगानीकर्ताहरुको मन अमिलो भएको छ । शेयर बजार राताम्मै भएको छ । नेप्से परिसूचक र सेन्सेटिभ इण्डेक्स तल झरेको छ । यसदिन कारोबार रकममा पनि गिरावट भएको छ ।

नेपाल राष्ट्र बैंकले यस आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासको समीक्षा सार्वजनिक गरेपछि आईतबार नै त्यसको शेयर बजारमा असर देखिएको थियो । शेयर बजारको लय बिग्रनुमा यसको प्रभाव पनि हो भने बजार भएको तरलताको कारण पनि भएको यसक्षेत्रका जानकारहरु बताउँछन् । अनुमान मात्रै गर्ने हो छिट्टै लयमा फर्किएला तर कहिले ? यो अनिश्चत नै छ ।

नेपाल स्टक एक्सचेन्ज नेप्सेका अनुसार कुल २२८ कम्पनीको शेयर कारोबार भएको छ । ८२ लाख २५ हजार ६२२ कित्ता शेयरको कारोबार बाट ४ अर्ब ८९ लाख ३७ हजार १३३ रुपैयाँ बराबरको कारोबार भएको छ ।

१३ उपसमूहमध्ये एक मात्र म्युचुअल फण्डमा हरियो लागेको छ । यो समूहको ०.१२ प्रतिशतको बृद्धि भएको देखिए पनि बाँकी सबै १२ वटै उपसमूहरु राताम्मै भएका छन् । सबैको शेयर घटेको छ ।

बैंकिङ, व्यापार, होटल तथा पर्यटन, विकास बैंक, हाइड्रोपावर, फाइनान्स, नीर्जिवन बीमा, उत्पादन, अन्य, माइक्रोफाइनान्स, जीवन बीमा र लगानी उपसमूहको शेयर घटेको छ ।

कारोबारको आधारमा सबैभन्दा बढी महालक्ष्मी विकास बैंकको कारोबार भएको छ । बैंकको ६१ करोड ४ लाख ७५ हजार ३४० रुपैयाँ ३० पैसा बराबरको कारोबार भएको छ ।

बैंकको आईतबार मात्रै संचालक समितिको बैठकले बैंकका शेयर धनीहरुलाई २१ प्रतिशत लाभांश वितरणको घोषणा गरेको थियो । जो आगामी साधारण सभाबाट पारित भएपछि वितरण गरिने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
LIVE OFFLINE
track image
Loading...