समदर्शी महिला बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा मैनादेवी


पोखरा मंसिर १२
पोखरा २ नयाँ बसपार्कमा रहेको समदर्शी महिला बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा मैनादेवी रावत चयन हुनभएको छ । आइतबार पोखराको शान्तिनगर बैङक्टमा सम्पन्न १२ औं साधरणसभा तथा चौथो अधिवेशनबाट रावतको नेतृत्वमा नयाँ समिति चयन भएको हो ।

नब गठित समितिको उपा–ध्यक्षमा प्रमिला ताम्राकार तुलाचन, सचिवमा रिक माया गुरुङ, कोषध्यक्षमा कृष्णमाया घिमिरे रहनुभएको छ । यसैगरी सदस्यहरुमा तारा बि.क., कृष्णमाया पौडेल, यज्ञ पोखरेल, कमला बराल, संजिता शर्मा चयन हुनुभएको उपाध्यक्ष प्रमिला ताम्राकार तुलाचनले जानकारी दिनुभयो ।

यस अगाडि साधारणसभाको उद्घाटन सत्रमा बौल्दै कार्यक्रमका प्रमुख अतिथि जिल्ला सहकारी सघं कास्कीका वरिष्ट उपाध्यक्ष छबिलाल लामिछानेले शेयर पुजिँलाई भन्दा बचत लाई बढि जोड दिनुपर्ने बताउनुभयो ।

विशिष्ट अतिथि संस्थाका सेयर सदस्य तथा नेतृ दुर्गाकुमारी बिकले महिलाहरुले सञ्चालनको सहकारी हुँदा महिला सहकारीहरुमा नमुना सहकारी बन्नुपर्नेमा जोड दिनुभयो ।कार्यक्रममा राष्ट्रिय सहकारी बैकं पोखरा शाखा प्रमुख नरेस पाण्डे, जिल्ला सहकारी संघका सञ्चालक चन्द्र कुमारी पराजुली, सस्थाकी निर्बतमान अध्यक्ष गिता कुमारी पौडेल लगायतले बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
LIVE OFFLINE
track image
Loading...