पोखरा मा डिसहोमको फाईबर नेट सुरु

लेखनाथ,२३ भाद्र

डिस मिडिया नेटवर्क लिमिटेड ( डिश होम ) ले पोखरा मा डिसहोम फाईबर नेट को औपचारिक सुरुवात गरेको छ।

पोखराको नयाबजार स्थित भट्टराई एण्ड ब्रदर्स सप्लायर्स प्रालिमा रहेको कार्यलयबाट बुधवार एक कार्यक्रमका विच पोखरा उद्योग बाणिज्य संघका अध्यक्ष्य नारायण कोइरालाले डिसहोम फाईवर नेटको समुद्घाटन गर्नु भएको हो ।

डिसहोम फाईवर नेटको सुभारम्भ गर्दै अध्यक्ष कोईरालाले प्रतिस्पधात्मक बजारमा निजी क्षेत्रले ल्याएको नयाँ प्रविधिले सेवाग्राहीलाई सहुलिय दरमा गुणस्थरीय सेवा प्रदान र अवको युग प्रविधिमैत्री हुनु पर्ने सुझाव दिनु भएको थियो ।

डिश होमका तर्फवाट यरिया सेल्स मेनेजर , सेल्स अफिसर , टेक्निकल व्यक्तित्वहरु , विभिन्न संचार माध्यमका संचाकर्मी ,डिलरका प्रतिनिधी, स्थानीय समाजसेवी , बुद्दिजिविहरुको सहभागी फाईवर नेटको औपचारीक रुपमा सुभारम्भ गरिएको हो ।

भट्टराई एण्ड ब्रदर्स सप्लायर्स प्रालिका अध्यक्ष अम्बिका मोहन भट्टराईले डिशहोम फईबर नेट को औचित्य बारे प्रस्ट पर्नु भएको थियो भने उहाले अब नेपालमा इन्टरनेट क्रान्ती शुरु भयो सस्तो र सर्भासुलभ एवंम गुणस्तरीय इन्टरनेट सेवाले हरेक ग्राहकहरुलाई थप सेवा तथा सुबिधा हुने बताउनु भएको थियो ।

डिसहोम फाईवर नेटका प्रयोगकर्ता सेवाग्राहीले आफनो रोजाई अनुसार १० एमविपिस देखि १०० एमविपिससम्मको प्याकेज उपलब्ध रहेको छ। शहरी एरियामा सुरु गरेको डिशहोम फाईबर नेटले आफनो सेवालाइ ग्रामिण तहसम्मका ग्राहकलाई पनि छिट्टै सेवा उपलब्ध गराउने कुरा डिश होम का यरिया सेल्स मेनेजर प्रदिप सुबेदीले जानकारी गराउनु भएको थियो ।

उदघाटन कार्यक्रममा अधिवक्ता हरिप्रसाद पण्डितले सञ्चालन गर्नुभएको थियो । यससगै अब ईन्टरनेटको समस्याले कुनै पनि नागरिक बञ्चित हुनु नपर्ने भएको छ । भट्टराई एण्ड ब्रदर्स प्रालीले डिस होम , डिस होम फाइबर नेटइन्टरनेट तथा विभिन्न उच्चस्तरिय ब्राण्ड्का इलेक्ट्रोनिक,एलेक्ट्रोनिक्स तथा अटोमोबाइल्सका सामानहरुको बिक्री वितरणमा गण्डकी तथा धवलागिरी क्षेत्रमा बजार बिस्तार गरेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
LIVE OFFLINE
track image
Loading...