कास्की कांग्रेसको सभापतिमा किशोरदत्त बराल बिजयी

पोखरा १२ मंसिर
नेपाली कांग्रेस कास्कीको सभापतिमा किशोरदत्त वराल विजयी भएका छन् । १ हजार ९२६ मत खसेकोमा बरालले ९९५ मत प्राप्त गरे भने उनका प्रतिद्वन्दि सुदिपमोहन भट्टराईले ९१५ मत प्राप्त गरे ।शुक्रबार भएको निर्वाचनमा सभापति पदका ५ उम्मेदवारमध्ये कसैको पनि ५१ प्रतिशत मत नआएपछि शनिवार पुनः मतदान भएको थियो ।

शनिबार भएको दोश्रो पटकको मतदानको मत गणनामा भट्टराईले ९१५ मत पाउदा बरालको पक्षमा ९९५ मत गएपछि बराल बिजयी भएका हुन । दोश्रो पटकको मतदानमा पहिलो पटक हारेका ३ जना सभापतिका आकांक्षीले भट्टराईको पक्षमा मतदान गर्न भन्दै बिज्ञप्ती निकालेका थिए । अन्तिम रस्साकस्सिको बेलामा मतदाताले भने बरालको पल्लाभारि बनाईदिए ।

कास्की कांग्रेसको सभापतिका लागि किशोरदत्त वराल, सुदिपमोहन भट्टराई, आई बहादुर गुरुङ, पोषनाथ शर्मा र गिरिराज गौतमले उम्मेदवारी दिएका थिए ।

शुक्रबार भएको निर्वाचनमा बरालको पक्षमा ६४४ मत परेको थियो । भट्टराईले ४७२, गुरुङले ४६२, शर्माले ३३५ तथा गौतमले ६३ मत पाएका थिए । शुक्रबारको निर्वाचनबाट भट्टराई, गुरुङ र गौतम बाहिरीएपछि बराल र भट्टराईबीच प्रतिष्पर्धा भएको हो ।बिजयी बराल नेपाल शिक्षक संघका केन्द्रीय उपाध्यक्ष भईसकेका व्यक्ति तथा हाल नेपाली कांग्रेसको नीति तथा प्रशिक्षण विभागका केन्द्रीय सदस्य हुन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
LIVE OFFLINE
track image
Loading...