नेपाल चीन मैत्री संघद्वारा भिडाबारी स्वास्थ्य केन्द्रलाई स्वास्थ्य सामग्रि हस्तान्तरण, जीवन बचाउनु नै मुख्य कर्म : पालिखे

पोखरा, २२ भदौ

नेपाल चीन मैत्री संघले कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नं ६ भिडाबारीस्थित भिडाबारी प्राथमिक स्वास्थ्य केन्द्रलाई स्वास्थ्य सामग्री प्रदान गरेको छ ।

मंगलबार संघका अध्यक्ष विश्वशंकर पालिखेले स्वास्थ्य केन्द्रका निमित्त कार्यालय प्रमुख डा.अतिस गुरुङलाई एक थान कन्स्ट्ेटर, २ थान अक्सोमिटर र ५ थान अक्सिजन सिलिण्डर हस्तान्तरण गरेका हुन ।

सो अवसरमा संघका अध्यक्ष पालिखेले अहिलेको अवस्थामा मानवको स्वास्थ्य अवस्थालाई ख्याल गर्नु र जीवन बचाउनु नै मुख्य कर्म भएकोले मानविय सहयोगका लागि यो प्रयास गरिएको बताए ।

स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रममा नेपाली कांग्रेस कास्कीका सदस्य दीपकराज पौडेल, झलक पौडेल, स्वास्थ्य केन्द्रका कर्मचारीलगायतको सहभागिता रहेको थियो ।कार्यक्रम स्वास्थ्य केन्द्रका प्रमुख डा.आतिस गुरुङको अध्यक्षतामा भएको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
LIVE OFFLINE
track image
Loading...