अवैध अमेरिकी डलर सहित १ जना पक्राउ

पोखरा मंसिर ११
अवैध अमेरिकी डलर सहित १ जना लाई कास्की प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीको प्रहरी टोलीले मंसिर ११ गते अवैध अमेरिकी डलर सहित १ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा जिल्ला मुस्ताङ लो(घेकर दामोदर कुण्ड गाँउपालिका(१ स्थायी वतन भएका ४४ वर्षीय छिरिङ डुन्डु गुरुङ रहेका छन् ।

विशेष सुचनाको आधारमा खटिएको प्रहरी टोलीले छिरिङलाई १ लाख ९४ हजार २ सय अवैध अमेरिकी डलर सहीत पक्राउ गरेको हो । ती व्यक्तिलाई विशेष सूचनाका आधारमा तनहुँ र कास्कीको सीमाना मजुवाबाट प्रक्राउ गरिएको हो । थप अनुसन्धान भईरहेको कास्की प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
LIVE OFFLINE
track image
Loading...