शिविरमा १७६ जनाको स्वास्थ्य परीक्षण

पोखरा, ८ मङ्सिर
जिल्ला प्रशासन कार्यालय कास्कीको आयोजना एवम् पोखरा नर्सिङ क्याम्पस र मेडिप्लस हस्पिटल एण्ड रिसर्च सेन्टरको सहयोगमा आज आयोजित निशुल्क स्वास्थ्य शिविरमा १७६ जनाको स्वास्थ्य परीक्षण गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय कास्कीको प्राङ्गणमा आयोजित शिविरमा सेवाग्राही, सरकारी कर्मचारी लगायतले स्वास्थ्य परीक्षण गराउनुभएको थियो ।
सेवाग्राहीको चाप भैरहने कार्यालयमा सामाजिक उत्तरदायित्व समेत बोध गर्दै स्वास्थ्य शिविर आयोजना गरिएको प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले बताउनुभयो ।
शिविरमा सेवाग्राहीले आफ्ना विभिन्न स्वास्थ्य समस्याको परीक्षण गराउनुभएको नर्सिङ क्याम्पस पोखराका बन्डी गुरुङले जानकारी दिनुभयो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
LIVE OFFLINE
track image
Loading...