पोखरा इन्जिनियरिङ कलेजमा विद्यार्थीहरुलाई खोप लगाइयो

पोखरा भाद्र ६ गते
पोखरा इन्जिनियरिङ कलेजमा अध्ययनरतम डिप्लोमा, बि ई र मास्टर्स तहका करिब ८५० जना विद्यार्थीहरुलाई जिल्ला जनस्वस्थ्य कार्यालय कास्कीको सहयोगमा एस्ट्राजेनिका खोप लगाइएको छ । विभिन्न तहमा अध्ययनरत विद्यार्थीहरुले भौतिक र अनलाइन परीक्षा दिइरहेका छन भने कतिपयको परीक्षा केही दिनमा संचालन हुने भएको छ । विद्यार्थीहरुको स्वास्थ्यलाई मध्यनजर गरी कलेजले जिल्ला जनस्वास्थ्य कार्यालय कास्कीको सहयोगमा परीक्षा दिइरहेका विद्यार्थीहरुको लागि कलेज प्राङ्गणमा खोपको ब्यबस्थापन गरेको हो ।

कोरोना कहरकै कारण प्राविधिक जस्तो गहन बिषयलाई लामो समयदेखी अनलाइन माध्यमद्वारा अध्यापन गराउँदा त्यति प्रभावकारी नभएको रखोपको ब्यबस्थापनले परीक्षा सम्पन्न भए पश्चात् भैतिकरुपमा कक्षा संचालन गर्न र प्रक्टिकल सेसनहरु चलाउन समेत सहयोग पुग्ने विश्वास कलेजले लिएको प्रिन्सिपल आ। रोजना जोशीले बताउनु भयो।

कलेजले कोभिड १९ प्रोटोकोलको पूर्ण पालना गरी खोप लगाउने ब्यबस्था मिलाएको थियो । खोप १८ वर्ष उमेर पुगेका वा सो भन्दा माथिका विद्यार्थीहरुलाई मात्र लगाइएको थियो । खोप केन्द्रामा स्वयंसेवकको रुपमा कलेजका शिक्षक तथा विद्यार्थीहरुले सहयोग गरेका थिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
LIVE OFFLINE
track image
Loading...