पोखरामा पहिरोमा पुरिदा श्रीमान श्रीमती, आमा छोरा सहित ५ जनाको मृत्यु एक वालक वेपत्ता

पोखरा १७, भदौ
बुधबार दिउँसो देखि परेको अविरल बर्षादको कारण पोखरामा एकै परिवारका श्रीमान श्रीमती, आमा छोरा सहित ५ जनाको मृत्यु भएको छ । पोखरा महानगरपालिका वडा नम्बर २० भलाम स्थित ¥यालेचौरमा श्रीमान श्रीमती, आमा छोरा गरी ४ जनाको र पोखरा ११ को भञ्ज्याङ नमुनाटोलमा पहिरोमा पुरिएर एक जनाको मृत्यु भएको कास्की प्रहरीले जनाएको छ ।

भलाम ¥यालेचौर भन्दा माथिको जंगल सहितको भाग पहिरो गए पछि पहिरोले स्थानिय ४५ बर्षीय कृष्ण श्रेष्ठ र उनकी श्रीमती करिब ३७ बर्षींया सुनमाया तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रवक्ता डि.एस.पि.सुवास हमालले बताए । उनका अनुसार मृतक श्रेष्ठका ३ बर्षका सन्तोस कुमार श्रेष्ठ पहिरोमा परि वेपत्ता भएका छन भने उनका करिब ९ बर्षका राजकुमार श्रेष्ठको मणिपाल शिक्षण अस्पतालमा उपचार भई रहेको छ ।

त्यसै गरी पोखरा २० भलाम स्थित हरिहर गुफा भन्दा तल्लो क्षेत्र मुलवारीका ३० बर्षीया बिष्णु सार्की र उनका छोराको समेत पहिरोमा परी मृत्यु भएको छ । गएराति आएको अविरल बर्षाले उनको घर भन्दा माथिल्लो भागमा पहिरो गए पछि उनीहरु पहिरोमा पुरिएसंगै सुरक्षाकर्मी नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र स्थानियले घण्टौंको प्रयास पछि शव निकालेको पोखरा २० का वडा अध्यक्ष सिम गुरुङले बताए ।

श्रेष्ठ परिवारको घर भन्दा करिब ४ सय मिटर माथिको जंगल सहितको भाग पहिरोको रुपमा आए पछि उनको हाल घर भएको कुनै नाम निसाना समेत नरहने गरी पहिरोले लगेको वडा अध्यक्ष गुरुङले जनाए । विहान देखि वेपत्ता भएका सन्तोसको खोजी घण्टौंसम्म जारी राखे पनि हालसम्म उनको अबस्था पत्ता लगाउन नसकिएको उनले जनाए ।

कृष्णलाई उनको घर भन्दा करिब २ सय मिटर तलको भागमा स्थानियले उद्धार गरी मणिपाल शिक्षण अस्पतालमा पुराए पछि उनको उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । आधा शरिर नै पहिरोमा पुरिएर रहेको अबस्थामा उनका छोरा राजकुमारको स्थानियले उद्धार गरी मणिपालमा उपचार लागि गरेका हुन्।

स्थानिय काली प्रसाद पौडेलले राति पहिरो आएको खबर गर्नाले आफु सहित ७ जना केही सेकेण्डले गर्दा बाच्न सफल भएको स्थानिय सेतु प्रसाद पौडेलले बताए । उनले भने “ हाम्रो घर बस्ती भन्दा माथिल्लो भागबाट राति एकै चोटी गर्याम्मै आवाज आयो लौ न भागो बचाउ भन्दै काली प्रसादले भनेको एकै सेकेण्डमा ठुलो पहिरो हामी बसेको स्थलमा आयो, एके सेकेण्डले गर्दा आज हामी बाच्न सफल भयौं । ”

त्यस्तै पोखरा ११ स्थित भन्झ्याङका ४२ बर्षीय लक्ष्य नेपालीको पहिरोमा परी मृत्यु भएको छ । घर भन्दा माथि बाट आएको पहिरोमा परी घाइते भएका नेपालीको मणिपाल शिक्षण अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको डिएसपी हमालले जनाए ।

त्यसै गरी बाढी र पहिरोले गर्दा पोखरा सहित कास्कीका धेरै ठाउँमा प्रभावित भएको छ । पोखरा ३ नदीपुरमा गयरातिको बर्षातले गर्दा तीन वटा घरको वरण्डा सहितको पर्खाल र नाला समेत भाषिएको छ । स्थानिय देउ बहादुर पुन, बल बहादुर पुन र छविलाल पुन सहित विर बहादुर पुन सहित ५ घर जोखिममा परेको स्थानियले बताए ।

पोखरा ३ का वडा अध्यक्ष रविन्सन प्रजुले बाढीले गर्दा पुगेको क्षती न्यूनिकरण गर्न आफुले महानगरसंग समन्वय गर्ने जनाए ।
स्थानिय र प्रहरीले पहिरेले पुरिएको अबस्थाबाट लक्ष्य सहित उनकै छोरी १४ वर्षीया सृष्टी नेपालीलाई घाईते अवस्थामा उद्धार गरी उपचारको लागि मणिपाल अस्पताल पोखरा पु¥याइएको थियो । घाइते भएका लक्ष्यको उपचारकै क्रममा मृत्यु भएको छ भने उनकी छोरी श्रृष्टी नेपालीको उपचार पश्चात डिस्चार्ज भएको अस्पताल श्रोतले जनाएको छ ।

यसैगरी कास्की, पोखरा महानगरपालिका–११ बसेरी बस्ने एकदेव तिमिल्सिनाको घरमा
बुधबार राति पहिरो जाँदा ३ जना घाइते भएका छन् । पहिरोमा पुरिएर घाइते भएका
उनीहरुलाई उपचारको लागि मणिपाल लगिएको छ ।

त्यस्तै पोखरा र कास्की क्षेत्रका विभिन्न ग्रामिण सडकहरु समेत बुधबारको बाढी पहिरोले प्रभावित भएको स्थानियले जनाए । पोखराको काहुँखोला, छोरेपाटन, हेमजा सुईखेत लगायतका क्षेत्रमा जलमग्न भएको छ । केही व्यत्तिका घरमा भलपानी पसेको छ भने केहीको खेति योग्य जमिन पुरिएको छ ।

भलामको पहिरोले गर्दा स्थानिय कृष्ण कुमारी पौडेल, तेज प्रसाद बास्तोला, रामजी प्रसाद पौडेल, लिला लामिछाने, चित्र पोखरेल लगायतको घरमा आंसिक क्षेति पुगेको स्थानियले गुनासो गरेका छन्।

फोटो एलिजा क्षेत्री

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
LIVE OFFLINE
track image
Loading...