आज प्रदेश १ र गण्डकी प्रदेशका एक र दुुई ठाउँमा ठूलो पानी पर्ने

काठमाण्डौ भदौ १७
आज प्रदेश(१ र गण्डकी प्रदेशका एकरदुुई ठाउँमा मेघगर्जनसहित ठूलो पानी पर्ने मौसमविद्ले बताएका छन् । प्रदेश(१ मा दिउँसो र गण्डकी प्रदेशमा बेलुकापछि ठूलो पानी पर्ने मौसमविद् निराजन सापकोटाले जानकारी दिनुभयो ।

प्रदेश(१ र गण्डकी प्रदेशमा भोलि पनि ठूलो पानी पर्ने सम्भावना रहेकाले त्यस क्षेत्रमा बाढी पहिरो जोखिम धेरै रहेको उहाँको भनाइ छ । हिजो पनि गण्डकी प्रदेशका केही ठाउँमा ठूलो पानी परेको थियो । मनसुनी गतिविधि केही कमजोर भएसँगै देशका अरु ठाउँमा भने हल्कादेखि मध्यमखालको मात्रै वर्षा हुने मौसमविद् सापकोटाले बताउनुभयो ।

काठमाण्डौ उपत्यकासहित धेरै ठाउँमा आज पनि हिजो जस्तै गरी घाम लाग्ने छ । तर, बेलुका पछि भने काठमाण्डौ उपत्यकामा हल्का पानी पर्न सक्ने अनुमान गरिएको छ । उज्यालो

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
LIVE OFFLINE
track image
Loading...