पोखरा ३ मा तीन घरको कम्पाउण्ड भासियो


पाेखरा, १७ भदाै

बुधबार बेलुकिदेखि परेकाे अविरल वर्षाकाे कारण पाेखरा महानगरपालिका वडा नं ३ नदीपुरस्थित हमाल टाेलमा जमिन भासिएकाे छ । जमिन भासिदा ३ घरकाे कम्पाउण्ड, पर्खाल भासिएकाे छ । क्षेति भएका घरधनीहरूमा छविलाल पुन, बल बहादुर पुन र देउ बहादुर पुन रहेका छन् ।

छविलालकाे घरकाे गेट भासिएकाे छ । बल बहादुर पुनकाे कम्पाउण्ड वाल तथा देउ बहादुरकाे आगनसहित गेट भासिएकाे छ । भासिएकाे क्षेत्रमा बिहानदेखि सुरक्षा घेरा लगाएर मर्मत तथा खाल्डाे पुर्ने काम शुरू गरिएकाे छ । वडाध्यक्ष रविन्द्र बहादुर प्रजुले महानगरकाे प्राविधिक टाेलीले काम शुरू गरेकाे बताए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
LIVE OFFLINE
track image
Loading...