गण्डकी प्रदेशमा १७० जनामा कोरोना पुष्टि, थप ३ को मृत्यु

कास्की भदौ १४

गण्डकी प्रदेशमा थप १७० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । प्रदेशमा पछिल्लो २४ घण्टामा ९४८ जनामा गरिएको नमूना परिक्षणमा १७० जनामा संक्रमण देखिएको हो। संक्रमित मध्ये ८१ महिला र ८९ जना पुरुष रहेका छन् ।

प्रदेशका ५ जिल्लामा गरिएको नमूना परिक्षणमा सवै भन्दा धेरै कास्कीमा संक्रमित भेटिएको प्रदेश स्वास्थ्य आपतकालिन कार्य संचालन केन्द्रका संयोजक नवराज शर्माले जानकारी दिए ।
उनका अनुसार कास्की ७३, स्याङ्जा ५, म्याग्दी ७, गोरखा ३०, तनहुँमा ६ र नवलपरासी पूर्वमा १७ जनामा संक्रमण देखिएको हो । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ८१ हजार २७८ पुगेको छ ।

गण्डकी प्रदेशका विभिन्न अस्पतालमा उपचाररत ३ जनाको मृत्यु भएको छ । कोरोना संक्रमणका कारण उपचारका क्रममा मृत्यु हुनेमा पोखरा–१२ का ७७ बर्षिय पुरुष, स्याङजा गल्याङ–७ की ४७ बर्षिय महिला र स्याङजाकै वालिङ– १ की ५८ बर्षिय महिलाको मृत्यु भएको छ। योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार २९३ पुगेको छ।

गण्डकी प्रदेशमा हालसम्म ७६ हजार ७०३ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । प्रदेशमा एकै दिन संक्रमणमुक्त हुनेको संख्या ३०३ पुगेको छ ।गण्डकीमा सक्रिय कोरोना संक्रमितको संख्या ३ हजार २८२ रहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
LIVE OFFLINE
track image
Loading...