मणिपाल शिक्षण अस्पताल बिक्री

पोखरा, १० भदौ
पोखराको मणिपाल शिक्षण अस्पताल बिक्री भएको छ । पोखराका व्यवसायी आनन्दराज बतास र नारायण पौडेलले संयुक्त रुपमा अस्पताल खरिद गरेका हुन् ।

बतासको बतास अर्गनाइजेसन र पौडेलको अटोवेज ग्रुपले संस्थागत रुपमा खरिदका प्रारम्भिक सम्झौता गरिसकेकोमा शुक्रबार खरिदबिक्री सम्झौता तयारी भएको व्यवसायी नारायण पौडेलले सफल आवाजलाई जानकारी दिए । बिक्रीका लागि अस्पताल कुल मूल्य ३ अर्ब ५० करोड रुपैयाँ कायम गरिएको छ । त्यसमध्ये बतासको ६० र अटोवेजको ४० प्रतिशत लगानी हुनेछ ।

निजी क्षेत्रबाट नेपालमै पहिलो पटक सन् १९९४ मा पोखरा महानगरपालिका वडा ११, फूलबारीमा सञ्चालनमा आएको यो अस्पताल यस क्षेत्रकै सबैभन्दा ठूलो अस्पताल हो ।

भारतको मणिपाल एजुकेसन एन्ड मेडिकल ग्रुपको लगानीमा खुलेको अस्पतालमा कलेज तथा अस्पताल संचालनमा नेपाल सरकार र मणिपाल कर्मचारी युनियनको लगातार असहयोग रहँदै आएपछि भारतीय समूह बिक्रीको मनस्थितिमा पुगेको बताइएको छ । कलेज र अस्पताल दुवै बिक्री गरेर मणिपाल समूह नेपालबाट बाहिरिन लागेको हो ।

अटोवेज ग्रुपका सञ्चालक पौडेलले शुक्रबार अस्पताल खरिदबिक्रीको सम्झौता हुने जानकारी दिए । उनका अनुसार मेडिकल कलेज र अस्पतालको कुल मूल्यांकन २ अर्ब २५ करोड रुपैयाँ भएको छ । मेडिकल कलेजको कुनै पनि ऋण नभए पनि कर लगायत अन्य विभिन्न दायित्व गरी ९७ करोड बढी रुपैयाँ तिर्न बाँकी रहेकोले सो दायित्वसमेत सकारेर साढे ३ अर्ब रुपैयाँमा खरिद गर्न लागिएको हो । जसको फाइनान्स सहयोग लक्ष्मी बैंकले फाइनान्सिङ गर्दैछ ।

अस्पतालसँग १० रोपनी जग्गा र भवनका साथै अतिरिक्त ३० रोपनी जग्गा छ । साथै मणिपाल पूर्णरुपमा लोन फ्रि छ।

स्थानीयको स्वास्थ्य उपचारमा थोरै भएपनि योगदान गर्न सकिन्छ भन्ने हिसाबले आफूहरु स्वास्थ्य क्षेत्रतर्फ जोडिएको बतास अर्गनाइजेसनका अध्यक्ष आनन्द बतासले बताए ।

अस्पतालका मौजुदा केही संरचना थप फेरबदल गरेर गण्डकी प्रदेशकै सुविधा सम्पन्न अस्पताल बनाउने लक्ष्य रहेको सञ्चालक पौडेलले बताए ।

नयाँ व्यवस्थापनपछि अस्पताललाई पब्लिक लिमिटेड कम्पनीका रुपमा लैजाने योजना छ । कलेजमा प्यारामेडिकल कोर्स, बीबीए तथा एमबिए एन्ड इञ्जिनियरिङ र बीडीएस अध्ययन समेत सुरु गरिने बताइएको छ ।

अस्पताल र मेडिकल कलेजमा गरी यहाँ १ हजार १ सय कर्मचारी कार्यरत छन् । कलेजले वार्षिक रुपमा १ सय जनालाई एमबीबीएस पठाउँदै आएको छ । मणिपाल शिक्षण अस्पतालमा करिब ८ सय शैया छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
LIVE OFFLINE
track image
Loading...