मनसुनको उत्तरार्द्धमा भदौरे झरी सुरु


काठमाण्डौ भदौ १०

मनसुनको उत्तरार्द्धमा भदौरे झरी सुरु भएको छ । अबको केही दिन देशका धेरै ठाउँमा झरी पर्ने मौसमविद्ले बताएका छन् ।
प्रदेश–१, प्रदेश–२ र वाग्मती प्रदेशका केही ठाउँमा भने ठूलो वर्षा भएको छ । एक सय मिलीमिटर भन्दा धेरै पानी परे अति ठूलो वर्षा भनिन्छ । लुम्बिनी प्रदेशका भैरहवा, रुपन्देही, नवलपरासी पश्चिममा अति ठूलो वर्षा भएको छ ।

यस्तै, प्रदेश–२ मा धनुषामा र प्रदेश–१ को झापामा सबैभन्दा धेरै वर्षा भएको छ । यस्तै, वाग्मती प्रदेशमा मकवानपुरको भोर्लेनीमा ठूलो वर्षा भएको छ । देशका अन्य ठाउँमा भने हल्कादेखि मध्यमखालको झरी परेको मौसमविद् मिनकुमार अर्यालले जानकारी दिनुभयो । मनसुनी गतिविधि थप सक्रिय रहेकाले केही दिन अझै झरी पर्ने उहाँको भनाइ छ ।

लगातार वर्षाको सम्भावना रहेकाले बाढी पहिरोको जोखिम पनि उत्तिकै बढेको छ । मौसम बिदका अनुुसार स–साना नदीहरुमा आकस्मिक बाढी आउन सक्ने हुँदा तटीय क्षेत्रमा रातिसम्मै उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
LIVE OFFLINE
track image
Loading...