प्रतिकुल मौसमका कारण पोखराको हवाई उडान प्रभावित मंगलबार १२ वटा हवाई फ्लाईट रद्ध, ४ वटा मात्र उडान

पोखरा ८, भदौं

आइतबार बेलुका देखि परेको बर्षादको कारण पोखराको हवाई उडानमा सोमबार र मंगलबारको हवाई उडान प्रभावित भएका छन्। प्रतिकुल मौसमका कारण सोमबार पूर्ण रुपमा हवाई उडान प्रभावित भएको थियो भने मंगलबार करिब २ः३० बजे पछि मौसम अनुकुल भएसंगै १६ मध्य ४ वटा मात्र हवाई उडान भएको नागरिक उडड्यन कार्यालय पोखराका सूचना अधिकारी देवराज सुवेदीले बताए ।

मंगलबार पोखरा काठमाण्डौं तर्फ ९ वटा र पोखरा भरतपुर, पोखरा भैरहवा, पोखरा नेपालगन्जका एक एक वटा गरी १२ वटा हवाई फ्लाईट रद्ध भएको उनले जनाए । मंगलबार बुद्धले ३ र यति एयरलायन्सले एउटा पोखरा काठमाण्डौंको लागि मात्र हवाई उडान गरेका हुन्।

सोमबार बुद्ध एयरलायन्सको १२ र यति एयरलायन्सको १६ वटा हवाई उडान हुने पूर्व कार्यतालिका अनुसार प्रतिकुल मौसमका कारण हवाई उडान रद्ध भएको उनले जनाए । त्यसै गरी मंगलबार बुद्ध एयरले ११ वटा हवाई उडान भर्ने तयारी गरे पनि प्रतिकुल मौसमले गर्दा ३ वटा मात्र हवाई उडान गर्न सफल भएको बुद्ध एयरलायन्स पोखराका स्टेसन म्यानेजर गौतम बरालले बताए । उनका अनुसार बुधबार पोखरा काठमाण्डौं, पोखरा भैरहवा, पोखरा चरतपुर र पोखरा नेपालगन्ज सहित १२ वटा हवाई उडान हुने भएको छ ।

बुद्ध एयरले सेप्टेम्बर एक तारिक देखि पोखरा देखि सिमरासम्म सिधा हवाई उडान गर्ने भएको छ । पहिलो चरणमा १८ सिटे जहाजबाट हप्ताको तीन दिन मात्र हुने गरी सेवा संचालनमा ल्याउने तयारी गरिएको स्टेशन म्यानेजर बरालले जनाए । लगातार जसो पानी परेकोले हवाई उडान प्रभावित भएसंगै अत्यावसेक कामको लागि पोखरा देखि काठमाण्डौं लगायतका ठाँउमा जाने आउनेहरु सडक मार्ग हुदै आफ्नो गन्तव्यमा लागेका थिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
LIVE OFFLINE
track image
Loading...