अविलर बर्षादको कारण पोखरामा ६ सय कालिजका चल्ला मरे करिब १७ लाखको क्षति



पोखरा ७, भदौं
लगातार करिब १४ घण्टासम्म पानी पर्दा पोखराको एक कालिज फार्ममा एक दिन अघि मात्र खुल्ला आकास मुनिको खोरमा छाडेका कालिजका चल्ला मरेका छन्।अविलर बर्षादको कारण पोखरा महानगरपालिका वडा नम्बर ११ स्थित काहुँडाँडा धराहरा नजिक रहेको ससु कालिज फार्मका ६ सय ११ वटा कालिजका चल्ल मरेको कालिज फार्म संचालक युवा व्यवसायी सुवास गुरुङले बताए ।
करिब १ हजार १ सय कालिजका चल्ला पहिलो लटमा हालेका उनले मौसमको ख्याल गर्न नसक्दा पहिलो गाँसमै ढुंगा जस्तै पहिलो लटमै नराम्रोसंग क्षति व्यहोर्नु परेको छ । ९७ दिनको दिनमा उक्त चल्ला पर्दा आफ्नो करिब १७ लाख मुल्य बराबरको क्षति भएको उनले अनुमान गरेका छन्।

कोठामा राखेर हुर्काका चल्ला लगातार १४ घण्टाको पानीले गर्दा एक्कासि खुल्ला आकासमा छाड्दा कालिजका चल्ला मर्न गएको सुवासले जनाए । गुरुङले भने“ ९६ दिनसम्म कोठामा राखेर हुर्काका चल्ला खुल्ला आकास मुनिको खोरमा छाडेको केही घण्टामै लगातार पानी परेको कारण ६ सय भन्दा बढी चल्ला मरेका छन्।”

पोथीले अण्डा पार्न थाले पछि कालिजको मासु खान उपयुत्त हुने बताएका उनले बाँकी रहेका चल्लालाई बचाउन आफुले पहल गर्ने जनाए । विगत केही बर्ष देखि व्यवसायीक रुपमा बाख्रा पालन गर्दै आएका सुवासले पछिल्लो समयमा कालिजको माग बढेसंगै कालिज पालन व्यवसाय गर्न कसिएका हुन्।

उनले भने “ यो मेरो पहिलो प्रयास हो, केही छैन यो मेरो लागि पाठ हो , भोलिका दिनमा यस्ता कुरालाई ख्याल गदैै म अघि बढ्ने छु, मैले जसरी मौसमलाई ख्याल नगरी कसैले चल्ला नछोड्नु होला । ” आफुहरुसंग करिब ६ रोपनीको कालिज खोर भए पनि हाल एक तिहाई भाग मात्र प्रयोग गरिएको उनले जनाए ।

यसैबिच, पोखरामा केही बर्ष देखि कालिज पालन व्यवसाय संचालन गर्दै आएका तुलसी कुन्ज इको एण्ड वाइल्ड भिलेज प्रा.लि.संचालक मध्यका एक धुर्व बहादुर थापाले कालिजलाई खुल्ला आकास मुनिको खोरमा छाड्दा पानी नपर्ने मौसम हेरी बुझेर मात्र छाड्नु पर्ने अन्यथा चल्ला मर्ने सम्भावना हुने उनले बताए ।

गत बर्ष आफुहरुले समेत पानी पर्दा कालिजका चल्ला छाड्दा करिब एक सय ५० वटा चल्ला मरेको उनले जनाए । घर तथा कोठामा हुर्काइएका चल्ला खुल्ला आकास मुनिको खोरमा छोड्दा कम्तीमा केही हप्ता पानी नपर्ने वा लगातार पानी पर्ने दिनमा चल्ला छाड्न नहुने थापाले बताए ।थापा सहितको टोलीले पोखरा १८ को फेवाताल नजिक पखौपी स्थित रातमाटेमा र भकुण्डेमा समेत विगत तीन बर्ष देखि कालिज पालन व्यवसाय सुरु गर्दै आएका छन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
LIVE OFFLINE
track image
Loading...