मानुषी लघुवित्त वित्तीय संस्थाको आईपीओ बाँडफाँड


काठमाडौं, ७ भदौ
मानुषी लघुवित्त वित्तीय संस्थाको आईपीओ आज बाँडफाँड गरिएको छ । बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङको कार्यालयमा सोमवार बिहान गोलाप्रथाबाट कम्पनीको आईपीओ बाँडफाँड गरिएको हो ।

आवेदन दिएकामध्ये ३६ हजार ८ सय ५६ जनाले १०र१० कित्ता र ३ जनाले ११–११ कित्ता शेयर पाएका छन् । कम्पनीको आईपीओमा २३ लाख ६१ हजार ८ सय २७ जना आवेदन परेकोमा ७ हजार ४३ जनाको आवेदन रद्द भएको छ । २३ लाख ५४ हजार ७ सय ८४ जना सदर आवेदकलाई गोलाप्रथाबाट शेयर बाँडफाँड गरिएको हो ।

लगानीकर्ताले बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङको वेबसाइट र मेरोसेयर एकाउन्टबाट आईपीओको नतिजा हेर्न सक्नेछन् ।

यस्तै मानुषी लघुवित्तको वेबसाइट तथा सीडीएस एन्ड क्लियरिङले आईपीओ रिजल्ट हेर्न बनाएको वेबसाइट बाट पनि रिजल्ट हेर्न सकिनेछ।

कम्पनीको हाल कायम चुक्तापूँजी ७ करोड रहेको छ । आईपीओ बाँडफाँडपछि चुक्ता पूँजी १० करोड ९३ लाख पुग्नेछ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
LIVE OFFLINE
track image
Loading...