पोखराको महेन्द्रपुलमा सडक भासियो


पोखरा भदौ ७
पोखराको महेन्द्रपुलमा सडक भासिएको छ । आइतबार सांझ परेको पानीका कारण महेन्द्रपुल सडक खण्डको जमिन भासिएको होे । साँझ देखि परेको बर्षाका कारण सडक भासिएको हो । महेन्द्रपुलचोक देखि २० मिटर उत्तर तर्फको सडक १० मिटर भन्दा ठुलो क्षेत्र भासिएर भ्वाङ्ग परेको हो । साँझ करिब ८ः३० बजे उक्त क्षेत्र भासिएको हो ।

भासिएको क्षेत्रमा जिल्ला प्रहरी कार्यलय कास्कीका सुरक्षाकर्मी र स्थानिय बासिन्दा मिलेर पानी तर्काएर सुरक्षित बनाउन खोजिएको छ । राती नै उक्त ठाउमा गिटी राखेर पुर्न खोजिएको थियो । तर उक्त सडक छेउ सहित फुटपाथ समेत भासिदा स्थानियमा त्रास छाएको छ ।पोखरामा हिजो बेलुका बाट निरन्तर वर्षा भईरहेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
LIVE OFFLINE
track image
Loading...