संक्रमण तीव्र रुपमा बढे पछि कास्कीमा आजदेखि जोर बिजोर प्रणाली लागू


पोखरा भदौ ४

कोरोना संक्रमण तीव्र रुपमा बृद्धि भएपछि कास्की प्रशासनले आजदेखि कास्की जिल्लमा सवारी साधनमा जोर बिजोर प्रणाली लागू लागु गरेको छ ।

कास्की प्रशासनले जिल्लाभित्र सञ्चालन हुने सार्वजनिक तथा निजी सवारी साधनमा आजदेखि जोर बिजोर प्रणाली लागू गरेको हो ।

प्रहरीले पोखराको मुख्य चोकहरू महेन्द्रपुल, बगर, चिप्लेढुङगा, अमरसिंह चोक, बुद्धचोक, पृथ्बीचोक, जिलो किलोमिटर लगायतका ठाउँमा चेकजाँच गरेर केही सवारी नियन्त्रणमा समेत लिइएको जिल्ला ट्राफिक प्रहरी कार्यलय कास्कीका प्रमुख एवम् प्रहरी निरिक्षक अमृत बस्नेतले जानकारी दिए ।

अत्यावश्यक सेवाका सवारी साधनमा भने जोर बिजोर प्रणाली लागू नहुने प्रशासनले जनाएको छ । प्रशासनले भदौ ३ गते राति १२ बजेबाट लागू हुनेगरी भदौ १० गते राति १२ बजेसम्मका लागि एक साता निषेधाज्ञाको समय थपेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
LIVE OFFLINE
track image
Loading...