महानगरले सामुदायिक विद्यालयका छात्रालाई प्राविधिक विषय पढाउने


पोखरा, ३ भदौ
पोखरा महानगरपालिकाले सामुदायिक विद्यालयका छात्रालाई प्राविधिक विषय निशुल्क रुपमा पढाउने भएको छ । पोखरा महानगरपालिकाले सञ्चालन गरेको गण्डकी बहुप्राविधिक शिक्षालयमा सामुदायिक विद्यालयबाट एसइई उत्तीर्ण छात्राहरु मध्येबाट २ जनालाई निशुल्क पढाउने भएको हो।


महिलालाई उद्यमशील बनाएर आत्मनिर्भर बनाउनका लागि महानगरपालिकाले सञ्चालन गरेको उपमेयरसँग महिला कार्यक्रम अन्तर्गत २ छात्रालाई बहुप्राविधिक शिक्षालयमा निशुल्क पढाइने बहुप्राविधिकका निर्देशक लक्ष्मण तिमिल्सिनाले बताए । तिमिल्सिनाका अनुसार अध्ययनका लागि आवेदनदिएपछि एसइई र कक्षा ८ को नतिको आधारमा छात्रा छनोट गरिने छ ।


महानगरपालिकाले गत वर्षदेखि पोखरा २९ भण्डारढिकमा सञ्चालन गरेको गण्डकी बहुप्रविधिक शिक्षालयमा डिप्लोमा इन सिभिल इन्जिनियरिङ र डिप्लोमा इन अटो मोबाइल इन्जिनियरिङको पढाइ हुँदै आएको छ । वडा नम्बर १९ ले यो वर्ष एसइई उत्तीर्ण मध्ये एक जनालाई वडाको खर्चमा अध्ययन गराउने भएको छ । वडा नम्बर ३० ले पनि थप एक जना छात्रालाई वडाको खर्चमा अध्ययन गराउने भएको वडा नम्बर ३० का अध्यक्ष श्रीराम पोखरेलले बताए ।

वडा अध्यक्ष शोभामोशन पौडेलका अनुसार वडा भित्रका एसइई उत्तीर्ण मध्ये गरिब तथा जेहेन्दार एक जनालाई बहुप्राविधिक शिक्षालयमा अध्ययन गराउने भएको हो । शिक्षालयमा अहिले ८३ जना विद्यार्थी अध्ययनरत छन् भने छोटो अवधिको तालिममा करिब २ सय २० जना सहभागी भइसकेका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
LIVE OFFLINE
track image
Loading...