गण्डकी प्रदेशमा स्वास्थ्य निति बन्दै,दुर्गमलाई हेरेर निति बनाउन मन्त्री अधिकारीको जोड


पोखरा,भदौ,२
प्रदेश सरकार र्निमाण भएको तिनबर्ष पछि गण्डकी प्रदेशले स्वास्थ्य निति बनाउन सुरु गरेको छ ।
प्रदेश सरकार र्निमाणपछि बनेका धेरै कानुन तथा नितिहरुमा हालसम्म स्वास्थ्य निति र्निमाण नभएको हालको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यो काम अगाडी बढाएको छ । अहिलेको अबस्थामा स्वास्थ्य प्रति सबै निकाय तथा सरकारहरुको सरोकार चासो रहेको छ ।

कोरोना संक्रमण तथा अन्य संभावित सक्रामक तथा रोग निवारणका लागि संबिधानमा आधारीत रही निति र्निमाण गरेर अगाडी बढ्न आबस्यक भएकाले निति र्निमाणको काम सुरु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्री मधुअधिकारी गुरुङ्ग ले जानकारी दिनुभयो ।

उहाँका अनुसार निति र्निमाण नगरी काममा एकरुपता, सेवामा गुणस्तरीयता मात्र नभई संक्रामक रोग निवारणमा चालिएका कदमहरुमा पनि चुस्तताका लागि निति र्निमाण आबस्यक रहेकोले मन्त्रालयले मुख्य प्राथमिकतामा राखेको हो ।

गरिव जनता, उत्पीडित समुदाय,द्धन्दका घाईते, शहिद परिवार लगायतका दुरदराजमा रहेका मानिसहरुको उपचारका दिर्घकालिन समस्या समाधानमा स्वास्थ्य नितिले सहयोग पुग्ने मन्त्रालयको बिस्वास छ । बिषेश गरि मन्त्रालय गठन भएपछि दिगो रुपमा स्वास्थ्यको क्षेत्रमा देखिएका समस्या समाधानका लागि नितिगत रुपमा समाधान खोज्ने प्रयास मन्त्रालयगत रुपमा र सरकारका तर्फबाट भैरहेको मन्त्री अधिकारीको भनाई छ ।

अहिले देखा परेको नोवल कोरोना भाईरस संक्रमण र यसका नयाँ भेरियन्टहरुले पनि स्वास्थ्य क्षेत्रलार्य झकझकाएको, प्रदेशको स्वास्थ्य अबस्थाको बोध गहिरो गरि गराएको ले यस्ता समस्या समाधानमा मन्त्रालय गभ्भीरता पुर्बक लागेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. बिनोद बिन्दु शर्माले जानकारी दिनुभयो । मन्त्रालयले स्वास्थ्य नितिको ड्राफ्ट तयार गरिसकेको छ ।

ड्राफ्टका आधारमा बिभिन्न पक्ष तथा निकाय, संबन्धीत बिज्ञ, बिषयगत क्षेत्र, स्थानिय सरकार संग सुझाव लिने काम पनि भैरहेको छ । सबै पक्षको सुझाव पछि स्वास्थ्य निति पास गरेर जनतालाई आधारभुत स्वास्थ्य सेवा लिन समस्या नपर्ने गरि दिर्घकालिन उपाय खोजि गरीने बताइएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
LIVE OFFLINE
track image
Loading...