फेरि नेप्सेमा नयाँ रेकर्ड, विकास बैंक र फाइनान्सतर्फ बढ्यो आकर्षण


काठमाडौं, २ भदौं
साताको चौथो दिन बुधबार नेपाल स्टक एक्सचेन्ज नेप्सेमा दुई उपसमूहबाहेक बाँकीमा हरियालीकासाथ कारोबारमा पनि छलाङ मारेको छ ।

नयाँ वर्ष २०७८ को शुरुसंगै शेयर बजारका जानकार तथा शेयर खेलाडीहरुले कारोबार रकम २० अर्ब भन्दामाथि पुग्छ भनि गरेको पूर्वानुमान सहि भएको छ । यो बेला शेयर कारोबारको सिजन हो तर कोरोनाको कारण लागू भएको निषेधाज्ञा तथा बेला बेलाको राजनीतिक घटनाक्रमले शेयर बजार प्रभावित भएता पनि पछिल्ला दिनहरुमा शेयर बजारको लय सकारात्मक देखिएको छ ।

नेप्से परिसूचक ३८.२८ अंकले बढेर ३१९८.६० विन्दुमा पुगेको छ । यसअघि साउन २८ गते नेप्से ३१७९ विन्दुमा पुगी नयाँ रेकर्ड कायम भएको थियो । नेप्से १.२१ प्रतिशतले बृद्धि हुँदा सेन्सेटिभ इण्डेक्स ४.८ तीन अंकले बढेर ५९८.११ विन्दुमा पुगेको छ ।

कुल २२८ कम्पनीको शेयर कारोबार भएको छ । ३ करोड ६५ लाख ९ हजार ७५१ कित्ता शेयरको खरिदबिक्रीबाट २१ अर्ब ३१ करोड चौतिस लाख ८९ हजार २६९ रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज व्यापार उपसमूहतर्फ ०.४ प्रतिशत र म्युचुअल फण्डतर्फ १.३९ प्रतिशतले घटेको छ । सबैभन्दा बढी आकर्षण विकास बैंक उपसमूहतर्फ ५.५५ प्रतिशतले बृद्धि भएको छ । फाइनान्सतर्फ ४.८७ प्रतिशतले बृद्धि भएको छ ।

यस्तै बैंकिङतर्फ ०.७९ प्रतिशत, होटल तथा पर्यटनतर्फ ०.१७ प्रतिशतले, हाइड्रोपावरतर्फ १.३५ प्रतिशत, नीर्जिवन बीमातर्फ ०.५९ प्रतिशत, उत्पादनतर्फ ३.५५ प्रतिशत, अन्यतर्फ ०.१६ प्रतिशत, माइक्रोफाइनान्सतर्फ ०.०३ प्रतिशत, जीवन बीमातर्फ ०.८६ प्रतिशत र लगानी उपसमूहतर्फ १.४२ प्रतिशतले बृद्धि भएको छ ।

कारोबारको आधारमा सबैभन्दा बढी नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडको ७८ करोड ८६ लाख ९३ हजार ५६० रुपैयाँ ७० पैसा बराबरको कारोबार भएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
LIVE OFFLINE
track image
Loading...