बाछी काटेको अभियोगमा कास्कीमा तीन पक्राउ


गण्डकी, २ भदौ
गोठबाट गाईको बाछी चोरेर लगी काटेको अभियोगमा तीन जना पक्राउ परेका छन् । प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक मोहनप्रसाद पोखरेलका अनुसार पक्राउ पर्नेमा बागलुङ निसीखोला गाउँपालिका–६ घर भई पुरन्चौर बस्ने २८ वर्षीय असारी घर्ती, २२ वर्षीय सविन बुढामगर र २१ वर्षीया अस्मिता बुढामगर छन् ।

पोखरा महानगरपालिका–१९ पुरन्चौरका केशरबहादुर अधिकारीका गोठमा बाँधेको क्रस गाईको बाछी काटेको अभियोगमा उनीहरु मंगलबार पक्राउ परेका हुन् । बाछी चोरी भएको खबर प्राप्त हुनासाथ खटिएको प्रहरी टोलीले खोजतलास गर्दा अधिकारीको घरबाट लगभग दुई किलोमिटर टाढा लगेर काटेको स्थानबाट उनीहरुलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको प्रवउ पोखरेलका जानकारी दिनुभयो । (रासस)

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
LIVE OFFLINE
track image
Loading...