कास्कीका २ सय ६९ सहित गण्डकी प्रदेशमा ५४५ जनामा कोरोना सङ्क्रमण पुष्टि

पोखरा भदौ १

कास्कीका २ सय ६९ गण्डकी प्रदेशमा ५४५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । प्रदेशमा पछिल्लो २४ घण्टामा १ हजार २६८ जनामा गरिएको नमुना परीक्षणमा ५४५ जनामा सङ्क्रमण देखिएको हो। सङ्क्रमित मध्ये २७९ महिला र २६६ जना पुरुष रहेका छन् ।

प्रदेशका ८ जिल्लामा गरिएको नमुना परीक्षणमा सबै भन्दा धेरै कास्कीमा र कम पर्वतमा सङ्क्रमित भेटिएको प्रदेश स्वास्थ्य आपत्कालिन कार्यसञ्चालन केन्द्रका संयोजक नवराज शर्माले जानकारी दिए।उनका अनुसार कास्की २६९ बागलुङ २४, स्याङ्जा ६७, म्याग्दी १२, पर्वत २, गोरखा ५४,लमजुङ १८, तनहुँमा ५६ र नवलपुरमा ४३ जनामा सङ्क्रमण देखिएको हो । योसँगै गण्डकी प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या ७५ हजार ८८७ पुगेको छ ।

गण्डकी प्रदेशका विभिन्न अस्पतालमा उपचाररत ४ जनाको मृत्यु भएको छ । कोरोना सङ्क्रमणका कारण उपचारका क्रममा मृत्यु हुनेमा कास्की मादी गाउँपालिका–२ का ७४ वर्षीय पुरुष, स्याङ्जा, वालिङ –९ की ४३ महिला, तनहुँ ब्यास –४ की ५१ वर्षीय महिला र नवलपरासी पूर्व कावासोती–५ का ४० वर्षीय पुसको मृत्यु भएको छ । योसँगै गण्डकी प्रदेशमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १ हजार २०६ जना पुगेको छ।

गण्डकी प्रदेशमा हालसम्म ६९ हजार ६६० जना कोरोना भाइरस सङ्क्रमणमुक्त भएका छन् । प्रदेशमा आइतबार मात्र सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ६८८ रहेको छ ।

गण्डकीमा सक्रिय कोरोना सङ्क्रमितको सङ्ख्या ६ हजार २१ रहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
LIVE OFFLINE
track image
Loading...