फेवाबजारले शिक्षक र विद्यार्थीलाई ५ लाखसम्मको क्रेडिट सुविधा दिने

पोखरा, साउन ३२

फेवाबजार डटकम ईकमर्सले शिक्षक तथा विद्यार्थीहरुलाई क्रेडिट सुविधा दिने भएको छ । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोनाबाट प्रताडित ग्राहकलाई मध्यनजर गर्दै फेवाबजारले शिक्षक तथा विद्यार्थीहरुलाई ५ लाखसम्मको क्रेडिट सुविधा दिने भएको हो ।

कोरोनाले जनजीवनमा असर परेकाले उनीहरुको जीवनयापनलाई सहज बनाउन फेवाबजारले समृद्धि फाइनान्ससँगको सहकार्यमा क्रेडिट सुविधा दिने फेवाबजार डटकमका कार्यकारी निर्देशक सुजन आचार्यले जानकारी दिए । जसका लागि फेवाबजार र समृद्धी फाइनान्सबीच सम्झौता भइसकेको उनले बताए । सम्झौता पत्रमा फेवाबजारको तर्फबाट यसका कार्यकारी निर्देशक सुजन आचार्य र समृद्धी फाइनान्सका तर्फबाट कर्जा विभाग प्रमुख सुभाष श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

फेवाबजारका अनुसार क्रेडिट सुविधा शून्य डाउन पेमेन्टमा बिना धितो शून्य ब्याजदरमा सामान उपलब्ध गराइनेछ । क्रेडिट सुविधा लिन क्रेडिट कार्डसमेत नचाहिने फेवाबजारका कार्यकारी निर्देशक आचार्यले स्पष्ट पारे । उनका अनुसार क्रेडिट सुविधा अन्तर्गत अर्डर भएको २ दिन भित्रमा सामान ग्राहकको घरमा पुग्ने छ भने त्यसरी लिइएको क्रेडित सुविधा ३ वर्षसम्मका लागि हुनेछ । उसो त फेवाबजारले कोरोनाबाट अन्य क्षेत्रपनि प्रभावित भएकाले कर्मचारीहरुलाई पनि शिक्षक र विद्यार्थीलाईजस्तै क्रेडिट सुविधा दिने गरेको जनाएको छ ।

फेवाबजारको यो सुविधासँगै कोरोनाबाट प्रताडित शिक्षक र विद्यार्थीहरु लाभान्वित हुने अपेक्षा गरिएको छ । फेवाबजारले शिक्षक र विद्यार्थीलाई किस्ताबन्दीमासमेत सामान उपलब्ध गराउँदै आएको जनाएको छ । क्रेडिट सुविधाबाहेक शिक्षक र विद्यार्थीलाई किस्ताबन्दीमासमेत सामान उपलब्ध गराइने निर्देशक आचार्यले बताए ।

पोखरामा मुख्य कार्यालय, काठमाडौंमा कर्पोरेट कार्यालय तथा भक्तपुर, ललितपुर, पोखरा, दमौली, डुम्रे, बागलुङ, लेखनाथलगायत १३ वटा आउटलेटहरु रहेको फेवाबजारले होम डेलिभरी सेवा कोरोना कहरका बाबजुद जारी राखेको छ । फेवाबजारबाट सामान खरिद गर्न फेवा बजारको एप डाउनलोड गरी सेवा लिन सकिने तथा ई–सेवा र खल्तीबाट भुक्तानी गर्न सकिने कार्यकारी निर्देशक आचार्यले जानकारी दिए ।

फेवाबजार डटकम ईकमर्सले नेपालमा पाइने विभिन्न ब्राण्डका खाद्यान्न, ईलेक्ट्रोनिक्स, इलेक्ट्रिकल्स, क्लोथिङ एण्ड फेसन, किचन एण्ड डाइनिङ, स्पोर्टस् एण्ड आउटडुअर्स, फर्निचर एण्ड डेकोरेसन, कला, साहित्यका पुस्तकलगायतका सामानहरु बिक्री गर्ने गर्दछ ।

फेवाबजारमा किस्ताबन्दी (ईएमआई)मार्फत २० हजारदेखि पाँच लाख सम्मका सामाग्री खरिद गर्न सकिन्छ । हरेक महिना विशेष अफरको समयभित्र फेवाबजारले विभिन्न सामानमा ५० प्रतिशतसम्म छुटका साथै अन्य विभिन्न अफरहरु दिने गरेको छ । फेवाबजारले कमाएको नाफाको केहि प्रतिशतबाट युवा स्वरोजगार र देशको सामाजिक आर्थिक विकासमा सहयोग गर्दै आएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
LIVE OFFLINE
track image
Loading...