कास्कीका दुई सय ३१ सहित गण्डकी प्रदेशमा थप ६सय ५६ जनामा कोरोना संक्रमण पुष्टि

पोखरा साउन ३२

कास्कीका दुई सय ३१ सहित गण्डकी प्रदेशमा थप ६सय ५६ जनामा कोरोना संक्रमण पुष्टि, भएको छ । प्रदेशमा पछिल्लो २४ घण्टामा १ हजार ३३९ जनामा गरिएको नमूना परीक्षणमा ६५६ जनामा संक्रमण देखिएको हो । संक्रमितमध्ये ३६४ महिला र २९२ जना पुरुष रहेका छन् । सोमबार गण्डकीमा संक्रमितको संख्या उच्च रुपमा वृद्धि भएको छ । आइतबार प्रदेशमा जम्मा ३८० जना संक्रमित भेटिएकोमा सोमबार ६५६ जनामा संक्रमण देखिएको हो ।

प्रदेशका ७ जिल्लामा गरिएको नमूना परीक्षणमा सबैभन्दा धेरै कास्कीमा र कम तनहुँमा संक्रमित भेटिएको प्रदेश स्वास्थ्य आपतकालिन कार्य सञ्चालन केन्द्रका संयोजक नवराज शर्माले जानकारी दिए । उनका अनुसार कास्की २३१ बागलुङ ९०, स्याङ्जा ५१, म्याग्दी १४, पर्वत ७, गोरखा १६१, लमजुङ १४ तनहुँमा ६ र नवलपुरमा ४२ जनामा संक्रमण देखिएको हो । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ७६ हजार ३४२ पुगेको छ ।

गण्डकी प्रदेशका विभिन्न अस्पतालमा उपचाररत १० जनाको मृत्यु भएको छ । कोरोना संक्रमणका कारण उपचारका क्रममा मृत्यु हुनेमा पोखरा–१३ का ७७ वर्षीय पुरुष, पोखरा–१६ का ६३ वर्षीय पुरुष, पोखरा–२६ का ७० वर्षीय पुरुष, पोखरा–२४ की ४१ वर्षीय महिला र पोखरा–३३ की ५५ वर्षीय महिलाको मृत्यु भएको छ । उनीहरु ६ जनाको पोखराका विभिन्न अस्पतालहरुमा उपचारका क्रममा मृत्यु भएको हो ।

त्यसैगरी स्याङजाको गल्याङ नगरपालिका–५ का ६३ वर्षीय पुरुष, पुललीबजार–२ का ७० वर्षीय पुरुष, तनहुँ–१ का ८१ वर्षीय पुरुष र नवलपरासी पूर्व, कावासोती–१६ की ७८ वर्षीय महिलाको उपचारका क्रममा मृत्यु भएको छ । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार २०२ जना पुगेको छ ।

गण्डकी प्रदेशमा हालसम्म ६८ हजार ९७२ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । प्रदेशमा आइतबार मात्र संक्रमणमुक्त हुनेको संख्या ६१६ रहेको छ । गण्डकीमा सक्रिय कोरोना संक्रमितको संख्या ६ हजार १६८ रहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
LIVE OFFLINE
track image
Loading...