नेप्से ६ अङ्कले बढ्यो, १५ अर्ब ९३ करोड रुपैयाँको कारोबार

काठमाण्डौ साउन ३२
शेयर बजार कारोबार मापक नेप्से आज सोमवार सामान्य बढेको छ । नेप्से आज पाँच दशमलव ७२ अङ्कले बढेर तीन हजार एक सय ६० दशमलव शून्य पाँच विन्दुमा पुगेको छ ।

आज व्यापार समूहको शेयर ६५ अङ्कले, विकास बैंक समूहको ७५ अङ्कले, जलविद्युतको ४० अङ्कले, उत्पादन समूहको एक सय ५९, अन्यको चार र माइक्रोफाइनान्स समूहको शेयर ५६ अङ्कले बढेको छ ।

आज कर्णाली विकास बैंक, खानीखोला हाइड्रो, रिडी हाइड्रो, नेशनल हाइड्रो र जीवन विकास लघुवित्तको शेयर १० प्रतिशतले बढेको छ । आईसीएफसी फाइनान्सको शेयर भने झन्डै साढे ६ प्रतिशतले घटेको छ ।

आज दुई सय २७ कम्पनीका दुई करोड ८६ लाख कित्ता शेयर १५ अर्ब ९३ करोड रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै नेशनल हाइड्रोपावर कम्पनीको ७४ करोड रुपैयाँको शेयर किनबेच भएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
LIVE OFFLINE
track image
Loading...