चीनको नांिनङशहरबाट पोखरा महानगरलाई २० लाखबराबरको स्वास्थ्य सामग्री


पोखरा ३२ साउन

पोखरा महानगरपालिकाको भगिनी सम्बन्ध रहेको चीनको नानिङ शहरले पोखरा महानगर पालिका २० लाख बराबरको स्वास्थ्य सामग्रीप्रदान गरेको छ ।
पोखरा पर्यटन परिषद् र चाइना ओभरसिज एशोसिएशनको समन्वयमा ल्याइएको उक्त सामग्रीलाई आजमहानगर परिसरमा परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईले उपप्र मुखमञ्जुदेवी गुरुङलाई हस्तान्तरण गर्नुभयो ।

उपप्रमुख गुरुङले पोखरा महानगरले १३ वटा अन्तराष्ट्रिय सम्बन्धमध्ये ९ वटा चीनका विभिन्न शहरसँग भएको जानकारी दिनुभयो ।२०७४ पौष २६ गते पोखरा महानगर र चीनको नानिङ शहर बीचभगिनी सम्बन्ध रहेको उल्लेख गर्दै प्राप्त सामग्रीले महामारी रोकथाम र नियन्त्रणमानिकै सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले नानिङ शहरका मेयरलाई धन्यावादपत्र पठाउँदै कोरोना सहज पछि पोखरा भम्रणको आमन्त्रण गरिने बताउनुभयो । महामारी नियन्त्रणमा सबैको साथ र सहयोग आवश्यक रहेको जनाउँदै प्राप्त सामग्रीलाई आवश्यकताको आधारमा अस्पतालहरुलाई वितरण गर्ने जानकारी दिनुभयो ।

परिषद्का अध्यक्ष भट्टराईले उक्त शहरचीनको नमुनाशहर भएको उल्लेख गर्दै भगिनी सम्बन्ध स्थापितशहरको साथ र सहयोगले आगामी दिनमा पर्यटन प्रर्वद्धनमा समेत सहयोग पुग्ने विश्वास व्यक्तगर्नुभयो । महामारीको कठिन समयमा २० लाखबराबरको स्वास्थ्य सामग्री प्रदान गरेर मैत्रीपूर्ण सम्बन्धलाई प्रगाढ गराएको उहाँको भनाइ थियो ।

उहाँका अनुसार स्वास्थ्य सामग्री अन्तर्गत ५ वटा अक्सिजन कन्सन्टेटर मेशिन, मेडिकल मास्क बीस हजार पिस, पिपिइ सेट पाँच सय पिस, मेडिकल पञ्जापाँचहजार पिस गरी २० लाख बराबरको स्वास्थ्य सामग्री प्राप्त भएको जानकारी दिनुभयो ।
रेवानकाउपाध्यक्ष नरेश भट्टराईले चीनकाविभिन्नशहरसँग भएको भगिनि सम्बन्धले दुई देशबीचको सम्बन्धलाई प्रगाढ बनाएको जनाउँदै कोराना रोकथाम र नियन्त्रणमा प्राप्त स्वास्थ्य सामग्रीले उपचारमा सहजहुने विश्वास व्यक्तगर्नुभयो ।


कार्यक्रममा चाइना ओभरसिज एसोसियशनका अध्यक्षचाङ र सचिव साङ सावो (सन्देश), पोखरा महानगरक ाविभिन्न वडाका वडा अध्यक्षहरुको सहभागिता रहेको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
LIVE OFFLINE
track image
Loading...