तेह्रथुम पावरले भदौ ९ गतेदेखि ८ करोडको शेयर निष्काशन गर्दै

काठमाडौं, ३२ साउन

तेह्रथुम पावर कम्पनीले भदौ ९ गतेबाट ८ करोड रुपैयाँ बराबरको आइपीओ निष्काशन तथा बिक्रीका लागि ल्याउने भएको छ ।

कम्पनीले सर्वसाधारणका लागि २० प्रतिशतले हुने ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता शेयर बिक्र गर्ने भएको हो । यसअघि कम्पनीले आयोजना प्रभावित तेह्रथुमका जनताका लागि ४ लाख आइपीओ बिक्री गरीसकेको छ ।

कम्पनीका अन्ुसार २ प्रतिशत शेयर कर्मचारी र ५ प्रतिशत शेयर सामूहिक लागनी कोषका लागि छुट्याईएको छ । बाँकी हुन आउने ७ लाख ४४ हजार कित्ता सर्वसाधारणका लागि रहेको छ ।

शेयर लगानीकर्ताले भदौको १३ गतेसम्म आवेदन दिन सक्नेछन् । सो अवधिसम्म माग बमोजिकम आवेदन नपरेको खण्डमा ढीलोमा भदौ २३ गतेसम्म आवेदन दिन सकिने छ । आवेदनकर्ताले घटिमा १० तथा बढीमा ६० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् ।

कम्पनीको आपीओ निष्काशनको लागि असार १० गते नेपाल धितोपत्र बोर्डबाट अनुमति लिएको थियो । रुपैयाँ १०० अंकित दरमा १२ करोड रुपैयाँ बराबरको १२ लाख कित्ता शेयर निष्काशन तथा बिक्रीका लागि गत असोज १३ गते आवेदन दिएको थियो ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
LIVE OFFLINE
track image
Loading...