आज साउन महिनाको अन्तिम सोमवार, शिब मन्दिरमा भक्तजनको घुइँचो


पोखरा साउन ३२
आज साउन महिनाको अन्तिम सोमवार । देशभरका शिव मन्दिरमा दर्शनार्थीको घुइँचो लागेको छ।

आज अन्तिम सोमवार भएकाले शिब मन्दिरमा भक्तजनको भीड लागेको हो । कोरोनाको कारण यसवर्ष मन्दिर बन्द भए पनि मन्दिर परिसर बाहिर भक्तजनहरुको भीड लागेको छ । कोरोनाको जोखिम बढेसँगै मन्दिरमा नित्य पूजालाई मात्रै अनुमति दिइएको छ । पोखराको बैदामा रहेको केदारेश्वर मन्दिर परिसर बाहिर भक्तजनहरुको पनि भिड लागेको थियो ।

मुल मन्दिर बन्द भए पनि दर्शनर्थीहरु मन्दिर परिसरमा पूजाका लागि पुगेका छन् । अन्तिम सोमवार भएकाले व्रतालुले आज व्रत थन्काउने गर्दछन् । यही कारण पनि पशुपतिमा भीड बढेको हो । साउन महिनाको सोमवारमा हिन्दु महिलाहरुले महादेवको पूजा गर्दै व्रत बस्ने गर्दछन् ।साउनको सोमवारमा महादेवको पूजा गरे मनोकामना पूरा हुने धार्मिक विश्वास रहेर आएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
LIVE OFFLINE
track image
Loading...